किन महिलाहरु बत्ति बालेर शारीरिक सम्बन्ध राख्न चाहँदैनन् ? यस्तो छ कारण

    नेपालीहरु बत्ति बालेर तथा नाङ्गो भएर सेक्स गर्न चाहँदैनन् । यस विषयमा लामो समयको अनुसन्धान गरिरहेकी मनोविद् करुणा नेपाली यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्नुहुन्छ।

    नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा कुराकानी गर्नुभएको थियो ।

    एक मिडियामा प्रस्तुत उहाँको जवाफ यस्तो छ ।पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, ब्यवहार ठीक गर्दैनन् भनेर समस्या लिएर आउँनुहुन्छ । कुरा गर्दे जाँदा मुल कुरा सेक्समा गएर अड्किन्छ ।

    अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको छ ।

    यसको कारण छ । उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो,

    पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ ।

    पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । कतिपय महिलाहरु सेक्सको

    बेला नाङ्गै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मान्दैनन् । यसको मूल कारण नै उनीहरुमा भएको सेक्स प्रतिको बितृष्णा हो । जव कि नाङगो हुनु सेक्सका लागि अनिवार्य जस्तै हो ।

    धेरै महिलाको लागि यौन लाजको बिषय हो तर लाजको बिषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गर्दैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आफ्नो–आफनो यौनिकता

    प्रर्दशन गरिरहेका हुन्छन् । मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ । कसैले आखाँमा गाजल लगाउँनु र कसैले आधा स्तन खुला छोड्नुमा खासै भिन्नता छैन ।

    दुबैले बाहिरी मानिसलाई आफुतिर आकर्षित गरिरहेका हुन्छन् । यहाँ महिला मात्र हैन, पुरुषले पनि कहिले फ्रेन्चकट दारी पालेर होस् वा आफुलाई सफाचट् राखेर होस् आफ्नो यौनिकता प्रदर्शन गरिरहेकै हुन्छन् ।

    उहाँ थप्नुहुन्छ उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । उनीहरु खुसी हुन सक्छन् । उनीहरुको प्रेम अझ बढी गाढा हुँदै जान्छ । जीवन अझ धेरै बाँच्न पाए । अझ धेरै हाँस्न पाए हुन्थ्यो भन्ने धारणा आउँछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *