गर्भवतीलाई पिसाबको संक्रमण हुन नदिनलाई के गर्ने नगर्ने ?

    गर्भावस्थामा महिलालाई धेरै किसिमका समस्याहरू देखिन सक्छन्। त्यसैले गर्भावस्थामा नियमित रूपमा स्वास्थ्य परिक्षण जरूरी पर्छ।

    गर्भावस्थामा पोषणको कमीले पनि धेरै समस्याहरू देखिन सक्छन्। सरसफाईको अभाव पनि गर्भावस्थाको समस्याको रूपमा देखा परेको छ। मृर्गौलाबाट पिसाब थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुका कारण हुने संक्रमण नै पिसाबको संक्रमण हो।

    ntc
    महिलामा सामान्य रुपमा पिसाब संक्रमण बढी हुन्छ। गर्भवती अवस्थाले नै पिसाब संक्रमण हुने होइन। यस्तो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने र हर्मोनमा परिवर्तन हुन्छ। यस अवस्थामा भ्रुण भएको बच्चादानीले मुत्रनली, मुत्राशय र मुत्रबाहिनी नलीलाई थिचेर पिसाबको गति तेज पार्छ।

    यस्तो अवस्थामा पिसाब धेरै लाग्ने भएकाले पिसाब गरिसकेपछिको सरसफाइमा ध्यान दिन आवश्यक छ। सरसफाइमा ध्यान नदिँदा पनि संक्रमण बढेको हुनसक्छ। यसका साथै मुत्राशय कमजोर हुने भएकाले सम्पुर्ण पिसाब ननिख्रने हुन्छ। त्यसले गर्दा संक्रमण फस्टाउने वातावरण बन्न पुग्छ।

    पिसाबको संक्रमण हुन नदिनलाई के गर्ने के नगर्ने

    १.प्रशस्त मात्रामा पानी पिउने ।
    ३.यौन सम्पर्क गर्नु अघि र गरि सकेपछि पिसाब फेर्ने ।
    ४.दैनिक पेन्टी फेर्ने ।
    ५.यौनाङग सफा र सुख्खा राख्ने ।
    ६.दिसा पिसाब गरिसकेपछि राम्रोसँग सफा गर्ने ।
    ७.यौन सम्पर्क गर्नु अघि र पछि यौनाङग सफा गर्ने ।

    ८.कसिलो लुगा र पेन्टी नलगाउने ।
    ९.यौनाङग सफा पानीले मात्र सफा गर्ने साबुन, पाउडरको प्रयोग नगर्ने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *