होलीमा छाला, कपाल र नङको सुरक्षा कसरी गर्ने ?

    होलीलाई रंगहरुको पर्वको रुपमा चिनिन्छ। तपाई हामी साथीभाईसँग होली खेल्नमा उत्सुक हुन्छौं ।

    होलीमा प्रयोग हुने रंगहरुले छालामा पार्ने असरबारे हामी सजग हुनैपर्छ । रङ्गहरूको पर्व होली खेल्न रमाइलो त हुन्छ तर त्यो रंगले छाला र कपालमा गर्ने असरले समस्या उत्पन्न गराउँछ ।

    होली विभिन्न प्रकारका सुख्खा र भिजेका रङ्गहरूले खेलिन्छ । एक अर्काको अनुहारमा रङ्ग लगाएर यो उत्सबमा रमाइलो गरिन्छ ।

    बजारमा पाइने जुनुसकुै रंगहरु किन्दा त्यसको असरबारे धेरैलाई थाहा हुँदैंन । जसले छाला र कपालमा गम्भीर असर पार्न सक्छ । रसायनयुक्त रङको प्रयोग गर्दा रसायन छालाको भित्री सतहमा पुगेर क्षति पुर्‍याउँछ । जसका कारण छालामा धेरै समस्या आउने गर्छ ।

    खेल्दा सकेसम्म हर्बल रङ प्रयोग गर्नुपर्छ। हर्बल रङले छालालाई नोक्सान गर्दैन। छालाको रोग भएकाले होली खेल्दा विशेष ध्यान पुर्‍याउनुपर्छ।

    होली खेल्नुपूर्व गर्नुपर्ने कामहरु
    -यदि छालामा कुनै समस्या आएर क्रिम तथा मलमको प्रयोग गरिराखेको अवस्थामा ३ तीन पूर्व नै छोड्नुपर्ने हुन्छ ।

    -होली खेल्नु ३ दिन पूर्व फेसियल,थेडिङ गर्नुहुँदैंन ।

    -अनुहार, कानको पछाडि, हात, वा छालामा मोस्टराइजर र सन्स् क्रिमको प्रयोग गर्ने ।

    -कपालको जरासम्म पुग्ने गरी नरिवलको तेल लगाउनुपर्छ ।

    -नङको स्याहारका लागि गाढा पोलिस लगाउनुपर्छ ।

    -आई लेन्सको प्रयोग गर्नुहुँदैंन ।

    होली खेलिसकेपछि ध्यान दिनुपर्ने कुराहरु

    – होली खेलिसकेपछि पनि कपालमा तेल लगाएको राम्रो मानिन्छ ।

    – नुहाउँदा तातो पानीको प्रयोग गर्नुहुँदैन, तातो पानीको प्रयोगले कपाल झनै सुख्खा बनाउँछ ।

    -रङलाई छालाबाट हटाउनका लागि स्क्रबको प्रयोग गर्नुहुँदैंन ।

    -नुहाउँदा नरम खालको साबुनको प्रयोग गर्नुपर्ने हुन्छ ।

    -नुहाई सकेपछि हल्का चिसो शरीरमा मोस्टराईजर गरेको राम्रो मानिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *