हर्नियाको उपचारका लागि निकै उपयोगी हुन्छ यो फल, यसरी गर्नुहोस् प्रयोग

    परिवर्तित जीवनशैली, वातावरण, खानपान आदिका कारण हर्निया रोग तिब्र गतिमा फैलिरहेको छ। जब शरीरको कुनै भाग फुल्दै आउँछ, असहृय पीडा र पीडा पनि रोकिरोकि हुन्छ भने यो हर्नियाको सामान्य लक्षण हो।

    यदि सही समयमा यसको उपचार भएन भने यो गम्भीर समस्या हुन सक्छ। त्यसैले यदि तपाईंले पनि आफ्नो शरीरमा त्यस्ता कुनै लक्षणहरु देख्नु भएको छ भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्छ, जसका कारण स्थिति गम्भीर हुन पाउँदैन । आज हामी हर्नियाको बारेमा केही जानकारीहरु प्रस्तुत गर्दैछौं।

    के हो हर्निया ?हर्निया विशेष गरेर त्यो समयमा हुन्छ, जब पेरिटोनियम (जुन मांशपेशीबाट बन्छ) मा कमजोरी आयो भने हर्निया हुन्छ। जसका कारण पेटको भित्रि भागमा आफ्नो नियमित स्थानमा रहँदैन र फुल्छ । त्यही स्थितिलाई हर्निया भनिन्छ।

    कस्ता–कस्ता हुन्छन् हर्निया ?फिमोरल हर्निया : यस प्रकारको हर्निया सामान्यतया महिलाहरुलाई हुन्छ । महिलाहरुमा पनि विशेष गरेर गर्भवती र मोटोपनबाट ग्रस्त महिलाहरुलाई बढि हुन्छ । यो तब हुन्छ, जब आन्द्रा धमनी माथिल्लो फिलामा जाने नलीमा प्रवेश गर्छ ।एसेन्सियल हर्निया : यस प्रकारको हर्नियामा पेटको सर्जरी हुने भागमा धेरै भार पर्नाले मांसपेशीहरु अत्यधिक तन्कन्छ, जसका कारण त्यो भाग फुल्छ।

    नाभि हर्निया : यस प्रकारको हर्नियामा पेटको सबैभन्दा कमजोर मांसपेशीहरु नाभिको माध्यमबाट फुलेको रुपमा प्रकट हुन्छ । त्यस्तो विशेष गरेर मोटोपनले ग्रस्त महिलाहरु र त्यस्ता महिलाहरु जसको धेरै बच्चाहरु हुन्छन्,जसले बच्चा जन्माउँदा बारम्बार सर्जरी आदि कारणले उनीहरुको मांसपेशीहरु कमजोर हुन्छ ।

    इन्गुइनल हर्निया : इन्गुनल हर्नियामा आन्द्रा अथवा मुत्राशय पेट भित्रबाटै फुल्छ अथवा पेट र तिर्घाको बीचको भाग इन्गुइनल नलीमा हुन्छ । यो विशेष गरेर त्यो भागमा भएको कमजोरीका कारण हुन्छ।

    यस रोगबाट प्रायः महिला नै प्रभावित हुनुको कारणमहिलाहरुमा प्रायः पेटको हर्निया धेरै हुन्छ, किनभने गर्भवतीको क्रममा महिलाहरुको इन्टेरियर एब्डोमिनल वाल मसल्स तन्कन्छ। सर्जरी भएको ठाउँमा सबैभन्दा धेरै हर्निया विकसित हुने सम्भावना हुन्छ, किनभने त्यो ठाउँ सबैभन्दा धेरै तन्किएको हुन्छ । महिलाहरुमा हर्निया हुने मुख्य कारण मोटोपन हो ।

    हर्नियाको चरणहरुरिड्यूसिबल हर्निया : यस प्रकारको हर्नियामा सुत्दा शरीरमा भएको गाँठो गायब हुन्छ, तर खोक्दा अथवा हाछ्यँ गर्दा देखिन्छ । यदि गाँठोको आकार धेरै ठुलो छैन भने यसलाई नियन्त्रण अथवा कम गर्न सकिन्छ ।

    इर्रिड्यूसिबल हर्नियायस प्रकारको हर्नियामा कुनै पनि स्थितिमा गाँठो देखिन बन्द हुँदैन । एब्सट्रक्सन हर्निया : जब आन्द्रामा दवाव पर्दा यो फाट्छ, जसका कारण मोशनमा पनि समस्या हुन्छ भने यसलाई एब्स्ट्रक्सन हर्निया भनिन्छ । त्यस्तो स्थितिमा बिरामीको तुरुन्ट सर्जरी गर्नु पर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *