सुत्ने समयमा सिरानी मुनि राख्नुहोस् यस्ता चिज, हरेक कार्यमा मिल्नेछ नसोचेको सफलता !

    वास्तुशास्त्रमा यस्ता धेरै कुराहरूमा वर्णन गरिएको छ। जसले मानिसलाई जीवनमा सफलता प्राप्त गर्न मद्दत गर्छ। यसबाट व्यक्तिले शारीरिक र मानसिक स्वास्थ्यको लाभ पाउँछ। साथै घरमा सकारात्मक ऊर्जाको सञ्चार हुन्छ। वास्तुका अनुसार सुत्दा सिरानी मनी केही चीज राखेर सुत्दा मानिसको सौभाग्य बढ्छ।

    वास्तुका अनुसार यदि तपाई वा तपाईका बच्चाहरू सपनामा कराउने वा सुत्दा डरले उठ्ने गर्छन् भने सिरानी मुनि चक्कु, कैँची वा फलामले बनेको कुनै वस्तु राख्दा विशेष फाइदा हुन्छ। तर निन्द्रामा हिँड्ने हात चलाउने मानिसले यस्ता चिज राख्नु हुँदैन।

    आइतबार सुत्नुअघि एक गिलास दूध सिरानीको छेउमा राख्नुहोस् र सुत्नुहोस्। बिहान उठेपछि, दैनिक कर्मपछि बबुलको रूखमा दूध चढाउनुहोस्। ७ आइतबारसम्म यो उपाय गर्नाले धन सम्बन्धी समस्याबाट छुटकारा मिल्नेछ।

    यदि तपाईलाई कुनै रोगले सताइ रहेको छ वा लामो समयदेखि रोग हट्ने नाम लिइरहेको छैन भने सुत्ने समयमा सिरानीको पूर्वतर्फ एउटा सिक्का राख्नुहोस्। यसका साथै सुत्ने कोठामा कचौरामा सेधा नुन–एक रुपैयाँको सिक्का राख्नुहोस्। उस उपायले स्वास्थ्य चाँडै ठिक हुने मान्यता छ।

    लसुनलाई वास्तु र ज्योतिषमा पनि सौभाग्यको प्रतीक मानिन्छ। यदि तपाइँ आफ्नो सिरानी मुनि लसुनको पोटी राखेर सुत्नुहुन्छ भने, तपाइँको वरिपरि सकारात्मक ऊर्जा सञ्चार हुनेछ र राम्रो निद्रा लाग्न सुरु हुनेछ। यति मात्र होइन यसलाई गोजीमा राखेर सुत्न पनि सकिन्छ।

    सुत्ने बेला सिरानी मुनि खाने सुप राख्नाले राहु दोष समाप्त हुने वास्तुविद्हरू बताउँछन्। यसबाट व्यक्तिलाई नराम्रो सपनामा पनि नआउने र मानसिक समस्याबाट पनि चाँडै छुटकारा मिल्छ।

    यदि कसैलाई राती निद्रा नलाग्ने समस्या छ वा नराम्रो सपनाले निद्रामा बाधा पुगेको भने सुप बाहेक हरियो अलैँची पनि सिरानीमुनि राख्न सकिन्छ। यसले मानिसलाई गहिरो निन्द्रा लिन मद्दत गर्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *