कस्तो व्यक्तिमा हुन्छ ‘बलात्कारी मानसिकता’?

कस्तो व्यक्तिमा हुन्छ ‘बलात्कारी मानसिकता’?

पछिलो समय नेपालमा बलत्कारका घटनाहरु बढिरहेका छन् । नेपालमा कडा कानून भएपनि बलात्कारका घटनाहरु दिनप्रतिदिन बृद्धि भइरहेको छ। बलत्कार मानसिक समस्याका कारण पनि हुन सक्छ भन्ने बारे थोरे व्यक्तिहरु मात्र जानकार छन् ।

बिशेषज्ञहरुका अनुसार बलत्कार मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या हो । मानसिक समस्या भएका व्यक्तिमा पनि सेक्सुअल एग्रेशन हुने गर्छ । मानसिक समस्या जस्तै मेनिया अर्थात मुड डिसअर्डर भएका व्यक्तिहरु छिट्टै उत्तेजनामा आउने भएकाले बलत्कारको प्रयास गर्ने गर्छन् । मेनिया भएमा विपरित लिगं बिच आकर्षक धेरै हुने गर्छ । मेनिया महिला र पुरुष दुबैमा हुन सक्छ ।

त्यस्तै इष्र्या, बदला भाव, आक्रोश यौन सन्तुष्ट्रि र मन नपारउने व्यक्तिसँग झगडा गर्ने वा बलत्कारको प्रयास गर्ने बढि सम्भाबना हुन्छ । साथै अल्कोहल सेवन गर्ने व्यक्तिले पनि बलत्कारको प्रयास गर्ने गर्छन् ।

हाम्रो समाजमा पुरुषले महिलालाई बलत्कार गरेका घटनाहरु धेरै छन् तर महिलाले पुरुषलाई पनि बलत्कार गर्न सक्छन् । ८० देखि ९० प्रतिशत बलत्कारका घटना पुरुषले महिलालाई गर्ने गर्छन् । भने १० प्रतिशत बलत्कारका घटना महिलाले पुरुषलाई गरेको पाइन्छ ।

सेक्सुअल डिसअर्डर भएका व्यक्तिमा अत्याधिक यौन चाहाना हुन्छ । यौन सन्तुष्टिका लागि पनि बलत्कारकाको प्रयास गर्न सक्छन् ।

३० बर्ष भन्दा कम उमेरका व्यक्तिहरुमा यो समस्या धेरै हुन्छ । विश्वमा हरेक ७ सेकेण्डमा कतैनकतै एक जनामा बलत्कार भइरहेको हुन्छ । अल्कोहल सेवन गर्ने अन्य ड्रग्सहरुको सेवन गर्ने व्यक्तिले पनि बलत्कारको प्रयास गर्न सक् छन् । अल्कोहलको सेवनले उत्तेजना बढाउँछ । पुरुषमा टेष्टेटोरन हर्मोन बढि भएमा र महिलामा स्ट्रोजन हर्मोन बढि भएमा पनि बलत्कारको घटना हुन सक्छन् ।

महिला पुनस्थापना केन्द्र (ओरेक) मा असोजसम्म अभिलेखिकरण भएका ३६७ बलात्कारका घटना भएका छन । त्यसमध्ये ७५ प्रतिशत प्रभावित २ वर्षदेखि १८ वर्षमुनिका बालिकाहरु रहेको उल्लेख गरिएको छ । बलात्कारका घटनामध्ये झण्डै ९० प्रतिशत घटना परिचित व्यक्तिबाट घर, छिमेक तथा आफ्नै समुदायमा भएका छन् । ओरकको यो तथ्यांक अनुसार, महिला तथा किशोरी घर तथा समुदाय काहिँ पनि सुरक्षित नभएको देखिन्छ । माथिको तंथ्यांक अनुसार कम उमेरका विपन्न परिवारका बालिकाहरु अझै बढि बलत्कारका जोखिममा रहेको देखिन्छ ।

यस्ता घटना पछि पिडित महिलाको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्ने बिशेषज्ञ बताउँछन् । बलाकृत महिलामा फ्लास ब्याक अर्थात आफुसँग भएको घटना याद आइरहने, बेला बेला होश गुमाउको जस्तो हुने, निन्द्रा गडबढि हुने खान मन नलाग्ने लगायतका समस्याहरु देखिने गर्दछ । ४० देखि ९० प्रतिशत पिडित महिलाहरुमा यस्तो समस्या आउन सक्छ ।

त्यस्तै मुड डिसअर्डर, एन्जाइटि हुने, दुरव्यसनमा लाग्ने, सेक्सुअल डिसअर्डर अर्थात यौन चाहाना नै नहुने जस्ता समस्या देखिने गर्छन् । पिडितलाई यो समस्याबाट छुटकारा दिलाउनका लागी सुरुमा उनिहरुको अवस्थालाई मुल्यांकन गर्नुपर्ने हुन्छ । साथै उनिहरुलाई सुरक्षित पनि राख्नुपर्ने हुन्छ । बलाकृतहरु धेरै जसोले आत्महत्याको प्रयास गर्छन् । भने कोहिले बलात्कारलिाई हानी पुर्याउन सक्छन् ।

पिडितलाई सुरक्षित राख्न परिवारसँग हिस्टि लिएर बुझेर उपचार गर्नुपर्ने हुन्छ । उनिहरुलाई सुरक्षित राखेर चोटपटक लागेको छ छैन हेरेर उपचार गर्नुपर्छ साथै उनिहरुको मानसिक स्वास्थ्यमा परेको असरलाई न्युनिकरण गर्न उपचारको थालनी गर्नुपर्छ । पिडितहरु कोहि शंका गर्ने, एक्लै बस्न रुचाउने जस्ता व्यवहार देखिएमा तुरुन्त उपचारको सुरुवात गर्नुपर्छ ।

उनिहरुको मानसिक स्वास्थ्य सुधारका लागी साइको थेरापी, कगनेटिभ बिहेबिएर थेरापी दिइन्छ । कगनेटिभ बिहेबिएर थेरापीमा उनिहरुको दिमागमा कस्तो विचार आइरहेको छ त्यसलाई ठिक गर्ने प्रयास गरिनछ । यस्तो समस्या भएका व्यक्तिलाई समुहमा सम्झाउने प्रयास गरिन्छ । त्यसबाहेक इन्डिभिनुएल र फ्यामिली थेरापी दिइने गरिन्छ । त्यसबाहेक कोहि धेरै डराएका छन्, आत्महत्याको प्रयास गरेका छन् भने उनिहरुलाई औषधि पनि दिनुपर्ने हुन्छ ।
यस्ता समस्याबाट बाहिर निस्कका लागी परिवारको भुमिका महत्वपुर्ण हुन्छ । पिडितले आत्मविश्वास गुमाइसकेका हुन्छन् । परिवारले पिडितलाई आफु हर कदममा साथ भएको महशुस गराएमा उसको मानसिक स्वास्थ्य सुधारमा सहयोग पुग्छ ।

यस्ता रोग जन्मजातबाट पनि भएको हुन सक्छ । त्यसैले यी सबै रोगको उपचार सम्भव छ । कतिपय समस्याका उपचार अलि जटिल पनि हुन्छ । एक दुई वटा मात्र जन्मजात समस्या हुन्छन् । जसको उपचार निकै जटिल हुन्छ । तर, उपचार नै हुँदैन भन्ने चाही होइन । यस्ता रोगको उपचार सम्भव छ ।

यस्तो समस्याबारे परिवारको आफ्नै सदस्यबारे पनि सचेत हुन जरुरी हुन्छ । कसैसँग व्यवहार गर्दा र सडकमा हिड्दा पनि ख्याल गर्नुपर्ने हुन्छ। मानिसले गर्ने गतिविधि सामान्य हो वा दुव्र्यवहार हो भनी बुझेर मात्र प्रतिक्रिया जनाउनुपर्छ । यस्ता मानसिक समस्या भएका मानिस नेपालमा मात्र नभएर संसारभर नै हुने गर्छन् । त्यसैले सबैभन्दा पहिले आफु नै सुरक्षित रहनुपर्छ ।

कसरी गर्ने यौन शोषण र यौन बलात्कार नियन्त्रण रु

बलत्कारका घटना रोकथामका लागी विभिन्न माध्यमबाट सचेतना फैलाउनुपर्ने हुन्छ । स्कुल कलेजमा महिला पुरुष राखेर यौन शिक्षा दिनुपर्छ । कडा कानुन बनाएर, यौन अपराधमा संलग्न व्यक्तिलाई हदैसम्मको सजाय दिने व्यवस्था गर्नुपर्छ । साथै नैतिक ज्ञान दिने, व्यक्तित्व सुधारका कार्यक्रमबाट बलत्कारलाई नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ ।