ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु

    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु

    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु, पृथ्वीको सतहमा पाइने मूल्यवान कडा तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो जुन आभूषण अथवा गरगहनाका लागि प्रयोग हुन्छ ।

    ज्योतिष शास्त्रअनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिससँग उसको जन्म कुण्डलीको आधारमा राम्रो तथा नराम्रो दुवै ग्रह हुन्छ । कमजोर तर राम्रो ग्रहका लागि औषधिको रूपमा यदि रत्न प्रयोग गरियो भने त्यसले राम्रो जीवनशैलीका लागि ग्रहको आयु लम्ब्याउन मद्दत गर्छ । यहाँ केही फरक फरक प्रकारका रत्नका बारेमा सामान्य प्रकाश पार्न खोजिएको छ जसले जन्म कुण्डलीको आधारमा सकारात्मक प्रभाव पर्ने गर्छन

    १.मणिकः

    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    मणिक एक मूल्यवान पत्थर हो, जुन मेष लग्नका मानिसका लागि सकारात्मक मानिन्छ । यसको सम्बन्ध सूर्य ग्रहसँग हुन्छ । यो रत्नको धारणले सन्तान प्राप्ति तथा बौद्धिक शक्ति बढ्ने सम्भावना निकै उच्च हुन्छ । यो सिंह लग्न भएका मानिसका लागि पनि निकै फलदायी मानिन्छ । यसले सिंह लग्न भएका मानिसलाई सामर्थ्य प्रदान गर्नुको साथै आयु बढाउँछ । यसले धनु लग्नका मानिसका लागि धनलाभ गराउँछ । पश्चिमा ज्योतिषीय सिद्धान्तका आधारमा मणिक जुलाईमा जन्मिएका मानिसका लागि अतिउत्तम मानिन्छ । सामान्यतया सिंह राशि र आइतबार जन्म भएकाहरूका लागि पनि मणिक धारण फलदायी मानिन्छ ।

    २. मोतीः

    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    चन्द्रमाको रत्न मोती हो । कर्कट लग्न भएका मानिसका लागि मोती धेरै उत्तम मानिन्छ, जसले दीर्घायु तथा समृद्धि ल्याउनेछ । त्यसैगरी यसले वृश्चिक लग्न भएका मानिसलाई धन जोड्न सहयोग पुर्याउछ भने मकर लग्न भएका व्यक्तिलाई पारिवारिक सुख प्राप्त हुन्छ । यस्तै, मीन लग्न भएका मानिसमा ज्ञान वृद्धि गर्न र सन्तान प्राप्तिको सम्भावना उच्च पारिदिन्छ । पश्चिमा ज्योतिष मापदण्डका अनुसार मोती जुन महिनामा जन्मिएका मानिसका लागि धेरै उत्तम मानिन्छ । सामान्यतया कर्कट राशि र सोमबार जन्म भएकाहरूका लागि पनि मोती धारण फलदायी मानिन्छ ।

    ३. मुगाः

    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    भगवान् गणेश, हनुमान जी र मङ्गल ग्रहसँग मुगा रत्नको सम्बन्ध हुन्छ । मेष र वृश्चिक लग्न भएका मानिसका लागि मुगालाई जन्म पत्थरको रूपमा लिइन्छ । सिंह र कर्कट लग्नका लागि पनि मुगा लाभदायक मानिन्छ । पश्चिमा ज्योतिषशास्त्रका अनुसार जनवरीमा जन्मिएकाहरूका लागि मुगा धारण उपयुक्त मानिन्छ । सामान्यतया मेष र वृश्चिक राशि र मङ्गलबार जन्म भएकाहरूका लागि पनि मुगा धारण फलदायी मानिन्छ ।

    ४. पन्नाः

    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    पन्ना रत्न बुध ग्रहको रत्न हो, यो एउटा त्यस्तो रत्न हो, जसको धारणले वृष लग्नका मानिसका लागि धनलाभ एवं ज्ञान वृद्धिमा सहयोग पुग्छ । यो धनु लग्नका लागि पनि सामान्य लाभदायक भए पनि अन्त्यमा खर्च बढाउने सम्भावना उच्च रहन्छ तर सिंह लग्नका लागि भने राम्रो मानिन्छ । त्यसैगरी धनु र मेष लग्नका मानिसको पारिवारिक सुख एवं व्यापार व्यवसाय बढाउन पन्ना धारण उत्तम मानिन्छ । सामान्यतया मिथुन र कन्या राशि एवं बुधबार जन्म भएकाहरूका लागि पनि पन्ना धारण फलदायी मानिन्छ ।

    ५. पुष्पराजः

    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    देवताका गुरु बृहस्पतिसँग सम्बद्ध रत्नलाई पुष्पराज भनिन्छ, यो धनु र मीन लग्नका मानिसको उन्नतिका लागि सहयोगी पत्थर हो । यसले यी दुवै लग्नका मानिसको दीर्घायुमा मद्दत पुर्याउछ । त्यसैगरी प्रेम प्राप्तिका लागि यो रत्न मिथुन र कन्या लग्न भएकाहरूका लागि धेरै महत्वपूर्ण मानिन्छ । पश्चिमा ज्योतिषशास्त्रका अनुसार नोभेम्बरमा जन्मिएकाहरूका लागि पुष्पराजलाई जन्म पत्थरको रूपमा लिइन्छ । सामान्यतया धनु र मीन राशि एवं बिहीबार जन्म भएकाहरूका लागि पनि पुष्पराज धारण फलदायी मानिन्छ ।

    ६. हीराः

    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    सुखसम्मृद्धि, यौन सामर्थ्य र घरायसी सुखका निम्ति हीराको महत्त्वपूर्ण भूमिका हुन्छ, यसको सम्बन्ध शुक्र ग्रहसँग हुन्छ । वृष र तुला लग्नमा जन्मिएका मानिसका लागि हीरालाई प्रमुख पत्थरको रूपमा लिइन्छ । यो रत्नको प्रयोगले पारिवारिक सुख बढाउनुका साथै सन्तान प्राप्ति हुने विश्वास छ । हीरा कन्या र कुम्भ लग्नका लागि धेरै मूल्यवान् मानिन्छ । यसले मकर लग्न भएकाहरूका लागि बौद्धिक शक्ति तथा सन्तान प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । सामान्यतया वृष एवं तुला राशि र शुक्रबार जन्म भएकाहरूका लागि पनि हीरा धारण फलदायी मानिन्छ ।

    ७. नीलमः

    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    मिहिनेती र परिश्रमी व्यक्तिको पत्थर हो, नीलम । यसको सम्बन्ध शनि ग्रहसँग हुन्छ । मकर र कुम्भ लग्न भएका मानिसका लागि यो रत्न बढी उपयुक्त हुन्छ । यसले लामो आयु प्रदान गर्ने विश्वास गरिन्छ । यसको धारणले वृष र तुला लग्नका मानिसको भाग्यवृद्धि हुन्छ । सामान्यतया मकर एवं कुम्भ राशि र शनि बार जन्म भएकाहरूका लागि पनि नीलम धारण फलदायी मानिन्छ ।

    ८. गोमेदः

    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    राहु ग्रहको पत्थरलाई गोमेद भनिन्छ । यस पत्थरले तत्काल कुनै पनि प्रकारका राम्रा वा नराम्रा नतिजा पैदा गर्ने क्षमता राख्छ । यो राहुको पत्थर भएकाले यसको असर प्रयोगकर्ताअनुसार तत्काल पर्ने हुन्छ । खास गरी सर्पयोग, नागदोष, राहुको महादशा, राशि वा लग्नबाट आठौं राहु आदि स्थितिमा गोमेद धारण गर्नुपर्दछ।

    ९. वैदूर्यमणिः(लहसुनिया):

    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
    केतु ग्रहको पत्थर लहसुनिया (वैदूर्यमणि, Cats’ eye) भनिन्छ । अन्य पत्थरको तुलनामा यो एकदमै भिन्न प्रकारको पत्थर हो । यसको प्रयोग गर्नुअघि ज्योतिषशास्त्री र रत्नविज्ञहरूसँग सल्लाह लिनु ज्यादा फलदायी हुन्छ ।