आईक्यू एअरका अनुसार काठमाडौंमा संसारकै बढी वायु प्रदूषण

    आईक्यू एअरका अनुसार काठमाडौंमा संसारकै बढी वायु प्रदूषण

    काठमाडौं विश्वको सबैभन्दा प्रदुषित सहर बनेको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरकोरुपमा मापन भएको हो ।

    आईक्युएयरका अनुसार काठमाडाैंकाे वायु प्रदुषण स्तर १९१ एक्युआई यूएस रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार यस्तो सूचक १५० भन्दा माथि जानु स्वास्थ्यका लागि हानीकारक हो ।

    यो सूचीको दोस्रो स्थानमा कम्बोडियाको नोम पेन, थाइल्याण्डको चियाङ माइ तेस्राे, भारतकाे दिल्ली चाैथाे, काेलकत्ता पाँचाै र बंगलादेशकाे ढाका छठाैं स्थानमा छन् ।

    केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ ।विभिन्न स्थानका जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण वायुमण्डलमा धुलाका कणहरु जम्मा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्ते भारतको उत्तर प्रदेश लगायतका क्षेत्रमा भइरहेको आगलागीको प्रभाव पनि नेपालको वायुमण्डलमा परेको मौसमविद्हरुले बताएका छन् ।