प्याज खाँदामात्रै होइन, शरीरका अंगमा दल्दा पनि फाइदा

    प्याज खाँदामात्रै होइन, शरीरका अंगमा दल्दा पनि फाइदा

    प्याज एउटा यस्तो चिज हो जुन तरकारीमा हालेन भने हामीलाई खल्लो लाग्छ । प्याजले खानालाई स्वादिलो बनाउनुका साथै स्वास्थ्य पनि राम्रो बनाउँछ । तर प्याज खाँदा मात्र नभई शरीरमा दल्दा पनि फाइदा हुन्छ ।

    पैताला पोल्दा
    कसैकसैलाई पैताला पोलेर आत्तिने स्थिति आइलाग्छ । यस्तो समस्या छ भने पैतालामा प्याज दल्नुस् । पोल्न छोड्छ ।

    छालाको संक्रमण
    छालामा संक्रमण भएको छ भने उक्त भागमा प्याजको टुक्रा दल्नुस् । संक्रमण हराउँछ ।

    लाम्खुट्टेले टोक्दा
    लाम्खुट्टेले टोकेर रातो भएको छ भने त्यहाँ प्याज काटेर दल्नुस् । फुलेको र फोका आएको पनि निको हुन्छ ।

    कपाल झरेको
    कपाल धेरै झर्ने गरेको छ भने टाउकोको छालामा काटिएको प्याज दल्नुस् । कपाल झर्न बन्द हुन्छ ।

    कुकुरले टोक्दा
    कुकुरले टोक्यो भने प्याज पिँधेर त्यसमा मह मिसाएर पेस्ट बनाएर लगाउनुस् । संक्रमण रोकिन्छ अनि तत्कालै डक्टरकोमा गइहाल्नुस् ।