तौल घटाउन : बिहान एक हप्ता खाली पेटमा जिरा पानी पिउनुहोस्

    मोटोपनाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन्। शरीर मोटो हुँदा विभिन्न रोगको समेत शिकार हुनुपर्ने अवस्था आउने गरेको छ। पेट तथा शरीरको वजन बढेका कारण केही काम गर्न समेत मुस्किल पर्छ भने मन परेका कपडा लगाउन समेत समस्या पर्छ। मोटोपना घटाउन तपाई व्यायाम गर्न समेत अल्छिमान्नु हुन्छ वा तपाईंलाई समय अभाव छ भने यी उपाय अपनाएर समेत मोटोपना घटाउन सकिन्छ । तर, यो सँगै व्यायाम गर्नु हुन्छ भने यी उपाय थप प्रभावकारी हुनेछन्।

    यसरी घटाउन सकिन्छ मोटोपना: दैनिक बेलुका एक चम्चा जिरा सफा पानीमा भिजाउनुहोस् । बिहान उठेर खाली पेटमा यो जिरालाई मज्जालाई चपाएर निल्नुहोस् र बचेको पानीलाई चियाजस्तै तातो बनाएर त्यसमा आधा कागती निचोर्नुहोस् र एक चम्चा मह मिसाएर पिउनुहोस्। जिराले हाम्रो शरिरभित्र रहेको बोसोलाई शरिरमा अवशोषित हुन दिँदैन।

    तातो पानी र कागतीले शरिरमा जमेको बोसोलाई काट्ने गर्दछ । त्यसैले गर्दा मोटोपनको लागि यो तरिका निकै चमत्कारीक हुने गर्दछ। यदि तपाईंले यो निकै सजिलो घरेलु तरिका अपनाउने सोच्नुभएको छ भने बिहान नास्ता गर्न छोड्नुहोस् किनभने बिहान ‘हेभी ब्रेकफास्ट’ खाँदा तपाईंले चाहनुभएको नतिजा पाउन सक्नुहुन्न।

    बिहान यो पानी पिउनुहोस् र दिउँसो मात्र खाना खानुहोस्। खाना खानुभन्दा अघि एक प्लेट सलाद खानुहोस्। खानामा हरियो तरकारीको प्रयोग बढि गर्नुहोस्। राती सुत्नुभन्दा दुई तीन घण्टा अगाडि खाना खानुहोस्। दिउँसो र राती खाना खाएको केही क्षण पछि नै एक ग्लास तातो पानीमा आधा कागती निचोरेर पिउनुहोस्।

    खाना खाँदा चिसो पानी नपिउनुहोस्। मैदाले बनेको खानेकुराहरु खादै नखानुहोस् । गुलियो र चीनि मोटोपनाको लागि निकै घातक हुन्छ। फलफूलको जुस पिउनुको साटो फलफूल नै खानुहोस्। यसले शरिरलाई फाइबर प्रदान गर्छ भने छिटो भोक पनि लाग्दैन।

    यो पनि,कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्ने देखि मुटुका लागि अत्यन्तै लाभदायक हुन्छ लसुनको पात ! सबैले जानीराखौं, लसुनको पात स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा अतिनै मिटो हुने गर्दछ । प्राय मानिसहरुको भान्सामा नियति प्रयोमा आउने गर्दछ । लसुन एउटा कन्दमुलको तर धेरै मानिसहरुलाई थाहा छैन यसको सेवन गर्दा हाम्रा् शरीरलाई कति फाइदा हुन्छ भनेर यस्ता छन् ।

    लसुनको पात खानुका फाइदा लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ ।

    लसुनका पातको सेवन मुटुका लागि समेत लाभदायी हुन्छ । यसमा पाइने पोलीसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा नियनत्रण गर्छ र मुटु तथा रगत सम्बन्धी समस्या कम गर्छ।पेट तथा पाचन प्रणाली सम्बन्धि संक्रमण पनि कम गर्छ । साथै चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पातको सेवन कामयावी हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *