यी अंगमा कोठी भए पैसा टिक्दैन जान्नुहोस्

    समुन्द्र शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

    यी भागमा कोठी भएका ब्यक्तिको हातमा पैसा अडिन्नः
    बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भैहाल्छ । बचत गर्न सक्दैनन् ।

    तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका ब्यक्ति भने कामुक हुने समन्द्र शास्त्रमा उल्लेख छ ।

    बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन ।

    बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । यस्ता ब्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ ।

    चोरी औंलामा कोठी छ भने यस्ता ब्यक्तिले जीवनमा धन अभाव भोग्छन् ।

    हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता ब्यक्तिले पनि धन बचाउन सक्दैनन् । यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन ।

    बायाँ आँखि भौंमा कोठी भएका ब्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।

    बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता ब्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *