छिटो विर्य झर्ने समस्याको लागि अचुक औषधि हो मह र लसुन !

    कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको विषय हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट तुल्याउन सक्दिन कि भन्ने चिन्ता हुँदा यसले समस्या थप चर्काउँछ । विरलै भए पनि केही psychotropic drug को प्रयोग नै यस्तो समस्याको कारण त होइन भनेर केलाउन बिर्सनु हुँदैन ।

    समाधानका लागि के गर्न सकिएला ?

    आक्कल–झुक्कल शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन ।धेरै चिन्ता गर्दा समस्या थप वृद्धि हुनसक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने समाधानको उपाय खोज्नुपर्ने हुन्छ ।
    यो समस्या कम गर्न आफैंले अवलम्बन गर्न सकिने केही उपाय छन् ।

    १. यौनसम्पर्क रोक्ने–सुरु गर्ने :यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर केही वेर यौनक्रीडा रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने ।

    २. आसन परिवर्तन: लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्र स्खलन कम गर्न मद्दत मिल्छ ।

    ३. लिंग अँठ्याउने: यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भए तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिंगको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा यौन उत्तेजना कम भए पछि पुनस् सुरु गर्ने ।

    ४. कन्डम प्रयोग गर्ने : कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।

    ५. मांसपेशीको प्रयोग : पिसाब आउँदा रोक्ने प्रयास गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ ।

    ६ औषधीको प्रयोग : अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । यस्ता औषधी लिंगमा प्रयोग गर्दा शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।

    ७. वीर्य स्खलन नियन्त्रणको अभ्यास : दीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिङ्गलाई चलाउने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने तथा उत्तेजना केही कम भएपछि पुन सुरु गर्ने र यो प्रक्रिया दोहार्‍याउने ।

    वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौन साथी)सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क भने नगर्ने । वीर्य स्खलन होला जस्तो भएपछि यो क्रियाकलाप रोक्ने र उत्तेजना

    केही कम भएपछि पुनस् सुरु गर्ने अनि बिस्तारै–बिस्तारै यौन क्रियाकलाप अघि बढाउने । यो प्रक्रियामा समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक सावित हुन सक्छ । यो उपाय दीर्घकालीन समाधानमा लाभदायक हुन सक्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *