हरेकदिन बिहान गर्नुहोस् यी ४ काम फलिफाप हुनेछ !

    भनिन्छ ” बिहानले दिनभरीको संकेत गर्दछ । बिहानको समय भनेको दिनको सबैभन्दा सुरु र महत्वपुर्ण समय हो । बिहान सबेरै यस्ता काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ ।

    बिहानबिहानै हत्केला हेर्नुहोस : बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।

    सुर्यलाई जल चढाउनुहोस् : सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ

    मन्दिर सफा राख्नुहोस : घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ ।

    बिहानै भुमिलाई प्रणाम गर्नुहोस : बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ ।

    यसैगरी पिपल बहुउपयोगी वनस्पति हो । सबैभन्दा धेरै अक्सिजन उत्पादन गर्ने पिपल वैज्ञानिक रुपमा जति उपयोगी मानिन्छ धार्मिक रुपमा पनि त्यतिकै महत्वपूर्ण छ ।अथर्ववेदको उपवेद आयुर्वेदमा पनि धेरै रोगको उपचार गर्न पिपल उपयोगी हुने वर्णन गरिएको छ ।

    औषधीय गुणहरुको कारणले पिपलको रुखलाई ‘कपवृक्ष’ भनिन्छ । यसको बोक्रा, पात, फलफुल, बीउ आदी सबै पिपलको तत्वहरु सबै प्रकारका बिरामीको लागि उपचारमा प्रयोग गर्न सकिन्छ ।

    हिन्दु धर्ममा पिपललाई अमृततुल्य मानिएको छ । यसमा धेरै अक्सिजना हुने हुनाले प्राणवायुको भण्डारण भन्ने पनि गरिन्छ । पिपलको पातलाई सिरानमुनि राखेर सुत्दा अक्सिजनाको कमी नहुने विश्वास गरिन्छ ।

    पिपलको छायाँमा स्वस्थ अक्सिजन प्राप्त गर्न सकिन्छ । यसले वातावरणलाई सन्तुलनमा राखि मानसिक शान्ति पनि दिन्छ ।स्कन्द पुराणमा वर्णन गरिए अनुसार पिपलको रुखमा सबै भगवानहरु वास बस्छन् ।

    हरेक मंगलबार पिपलको रुखमा पानी चढाएर ३ पटक फेरो लगाउदा गरिबी, शोक र दुर्भाग्य हट्न सक्छ । अश्रत्थ व्रत गर्दा कन्यालाई सौभाग्य प्राप्ति हुन्छ ।

    शनिबार पिपलको रुखमा पूजा गरेर कालो तिलको साथमा रायोको तेलको दियो बालेर सात पटक परिक्रमा गर्दा शनिको कष्ट कम हुन्छ । साउन महिनाको शनिबार पिपलको रुखमुनि हनुमानको पूजा गर्दा सबै प्रकारको संकटबाट छुटकारा पाउन सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *