जन्नुहोस पञ्चामृतको धार्मिक र बैज्ञानिक महत्व

    पञ्चामृतको अर्थ हो पाँच अमृत यानी पाँच पवित्र वस्तु बाट बनाइएको तरल पदार्थ। यो मिश्रणमा दुग्ध, दही, घृत (घीउ), चीनी र मधु (मह) मिलाइएको हुनुपर्छ । यो एक पेय पदार्थ हो ।

    जो हव्य यानी देवताको भोजनका लागि बनाइन्छ । प्रसादका रुपमा यसको बहुत महत्व छ । यसैले भगवानलाई अभिषेक दिने भएकाले अति पवित्र मानिन्छ । यो सेवन गर्ने व्यक्ति भित्र सकारात्मक भाव पैदा हुने विश्वास गरिन्छ ।केही ग्रन्थमा पञ्चामृतको महत्त्व बताइएको छ । श्रृद्धापूर्वक पञ्चामृत पान गर्ने व्यक्तिको जीवनमा सबै प्रकारका सुख र समृद्धि प्राप्ति हुने विश्वास छ । भगवानलाई चढ़ाएको पञ्चामृत सेवन गर्ने मनुष्य जन्म र मरणको बन्धनबाट मुक्त हुन्छ भन्ने धार्मिक विश्वास छ । उसले मोक्ष प्राप्त गरेको हुन्छ भनिन्छ ।

    पञ्चामृतको धार्मिक महत्व:दूध पञ्चामृतको प्रथम भाग हो । यो शुभको प्रतीक हो यानी हाम्रो जीवन दूधको जस्तो निष्कलंक हुनका लागि दुधले भूमिका खेलेको हुन्छ भनिन्छ ।दही यसको गुण हो । यो दोस्रो भाग हो।

    दही मिलाउनुको अर्थ यो हो की हामी पहिले निष्कलंक र सद्गुण बनौँ ।घी (घिउ) यो स्निग्धता र स्नेह, प्रेमको प्रतीक हो । सबैसँग हामी प्रेमपूर्ण सम्बन्ध या भावनाको विकास गरौँ भन्ने हो ।शहद यो शक्ति प्रदान गर्ने तत्व हो । तन र मनबाट शक्तिशाली व्यक्ति बन्न रसफलता प्राप्तिका लागि यसले काम गरेको हुन्छ ।चीनी यसको गुण नै मिठास हो । चीनी मिलाउनुको अर्थ हो जीवन नै मिठास घोल जस्तै बनोस् ।

    वैज्ञानिक लाभ:पञ्चामृतको सेवनले शरीरको प्रणाली जहिलै चुस्त रहन्छ ।पञ्चामृत कम मात्रा मै लिइन्छ । प्रसादकै रुपमा लिइने थोरै बस्तुमा सबै तत्व हुने भएकाले धेरै फाईदा हुन्छ ।पञ्चामृतमा तुलसीका पत्ता राखेर थोरै नियमित सेवन गरे कुनैपनि प्रकारका रोग लाग्न दिँदैन ।पञ्चामृतको सेवनबाट संक्रामक रोगबाट टाढा राख्छ । इम्यून सिस्टम मजबूत बनाउँछ ।

    यसगरी यदि तपाई हरेक दिन घर या मन्दिरमा पूजा या प्रार्थना गर्नुहुन्छ भने तपाईले केही नियम पनि पालना गर्नुपर्ने हुन्छ । नियम भए धर्म हुन्छ र धर्म भए जीवन हुन्छ । अतः नियमानुसार नै कुनै पनि कार्य गर्नुभयो भने उचित हुन्छ ।

    त्यसोभए पूजाभन्दा पहिला हामीले गर्नुपर्ने कार्य के हो जो जरुरी हुन्छ रु यो आलेखमा पूजा भन्दा पहिले गर्नुपर्ने कार्यबारे उल्लेख गरिएको छ सौच: सौच अर्थात सुचिता, शुद्धता, शुद्धि, विशुद्धता, पवित्रता तथा निर्मलता । सौचको अर्थ शरीर र मनलाई बाहरी तथा आन्तरिक रुपमा पवित्र पार्नु हो । सौचको अर्थ राम्ररी मल–मूत्र त्याग गर्नु पनि हो ।

    सौच दुई प्रकारको हुन्छ, बाह्य र आभ्यन्तर । बाह्यको अर्थ बाहिरी शुद्धि हो भने आभ्यन्तरको अर्थ आन्तरिक अर्थात् मन वचन र कर्मको शुद्धि हो । जब व्यक्ति शरीर, मन, वचन र कर्मले शुद्ध रहन्छ तबमात्रै उसलाई स्वास्थ्य तथा सकारात्मक ऊर्जा र ईश्वरको आशीर्वाद मिल्छ
    ।स्नान: शारीरिक शुद्धता पनि दुई प्रकारको हुन्छ, पहिलोमा शरीरलाई बाहिरबाट सुद्ध गरिन्छ ।

    यसमा माटो, उबटन, त्रिफला, नीम आदि लगायर निर्मल जलले स्नान गर्दा त्वचा एवम् शारीरिक अंग शुद्ध हुन्छन् । दोस्रो, शरीरका आन्तरिक अंगलाई शुद्ध गर्नका लागि योगमा कैयौं उपाय उल्लेख गरिएको छन् । जस्तै शंख प्रक्षालन, नेती, नौलि, धौती, कुंजल, गजकरणी, गणेश क्रिया, अंग संचालन आदि ।

    उपरोक्त करिकाबाट स्नान गर्न सकिने अवस्था छैन भने सामान्य तरिकाले स्नान गर्ने बेला तपाईले आफ्ना सबै १० छिद्रलाई राम्रोसँग सफा गर्नु पर्नेहुन्छ । १० छिद्रमा आँखा र कानका २ दुई छिद्र, कानका २ छिद्र, मुख, नाभि ९नाइटो० र गुप्ताङ्ग लिाएर कूल १० छिद्र हुन्छन् ।

    धोती:तपाईले सन्ध्यावन्दन, पूजा या आरती गर्ने बेला शरीरमा एउटै कपडा लगानुहोस् । त्यो हो सिलाइ नगरिएको शुद्ध सेतो कपडा । किनकी प्राचिन कालदेखि चलेको नियम यही हो । हिन्दु धर्ममा कुनै पनि प्रकारको पूजा–अर्चनाको बेला श्रद्धालुलाई धोती लगाउन अनिवार्य गरिएको छ ।

    प्राचीनकालमा धोती नलगाएर गरिने पूजा–अर्चनालाई पुर्ण मानिदैनथियो । धोती प्राय सूती कपडाबाट बनेको हुन्छ । जो हावादार र सुविधाजनक पनि हुन्छ । धोतीका कारण शरीरका रोमछिद्रमार्फत हामीलाई शुद्ध प्रायवायु मिल्छ । यसलाई पहिरिए पछि सात्विक र निर्मल भाव उत्पन्न हुन्छ ।शुद्धि र आचमन: मन्दिरमा प्रवेश गर्नु अगाडि पुनः एकपटक शुद्धि गरिन्छ । शौचादिबाट निवृत्ति भएपछि पूजा, प्रार्थना गर्नुपूर्व आचमन गरिन्छ ।

    मन्दिरमा गएर पनि सबैभन्दा पहिले आचमन गरिन्छ । सन्ध्यावन्दन के बेला आचमन, प्राणायामादि गरेर गायत्री मन्त्रले निराकार ईश्वरको प्रार्थना गरिन्छ । त्यसैले पूजा गर्नु पहिले शुद्धि र आचमन गर्नु जरुरी हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *