खुसीको परिभाषा मानिस पिच्छे छुट्टाछुट्टै रहने गरेको छ। खुसीलाई कति मानिसले भौतिक चिजहरुसँग दाज्ने गर्छन् भने यसलाई कतिले अध्यात्मको पाटोबाट पनि हेर्ने गरेका छन्। त्यस्तै, सनातन हिन्दुधर्म शास्त्रका अनुसार कलियुगमा पुण्य कमाउन अनेकौँ तरिकाहरु उल्लेख गरिएको छ।
ति अनेकौं तरिका मध्ये एक हो, दान। दान गर्दा आफूलाई मात्र नभएर आफ्नो वर्तमान तथा आउँदो पुस्तालाई पनि पुण्यको भागीदार बनाउँछ। तर, यस्ता केहि चिजहरु छन्, जसलाई कहिल्यै पनि दान गर्नु हुँदैन ।
अन्यथा आर्थिक, सामाजिक र पारिवारिक क्षति पुर्याउने विश्वास गरिन्छ ।जानिराखौं दान गर्न नहुने यी ७ बस्तुबारे –पुस्तकः हिन्दु धर्मशास्त्रका अनुसार पुस्तक दान गर्नुलाई अत्याधिक लाभकारी मानिन्छ । तर, पुस्तक दान गर्दा कहिल्यै पनि च्यातिएको र पुरानो पुस्तक दान गर्नु नहुने धार्मिक मान्यता छ ।
धार्मिक ग्रन्थको अनुसार च्यातिएको र पुरानो पुस्तक दान गर्दा बन्न लागेका सम्पूर्ण कामहरु विग्रर्नुका साथै पारिवारिक समस्या पनि बढेर जाने गर्दछ।
झाडु वा कुचो : शास्त्रमा झाडु वा कुचो दान गर्न नहुने बताइएको छ । यसो गर्दा देवी लक्ष्मी रिसाउनुका साथै घरमा आर्थिक अभाव हुने गर्दछ। त्यसैगरी झाडु वा कुचोको दानले व्यवसाय वा जागिरसमेतमा नोक्सानी हुने विश्वास गरिन्छ।
बासी खाना : धार्मिक ग्रन्थकाअनुसार भोजन वा खाना दान गर्नु पुण्यको काम हो। तर, दानको नाममा यदि कसैले बासी खाना दान गर्दछ भने उ पापको भागिदारी हुने गर्दछ। बासी खानाको दानले पारिवारिक सुख नष्ट हुने र घरको सदस्यलाई सधैं केहि न केहि बिरामीले च्याप्ने गर्दछ। त्यसैगरी यस्तो गर्नाले कानुनी मुद्दा मामिला समेतमा समस्या आउने गर्दछ।
तोरीको तेल : शास्त्रकाअनुसार तोरीको तेल दान गर्नु पुण्य मानिन्छ। तर, कहिल्यै पनि प्रयोग गरेको तेल दान गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ। यसो गर्दा शनि देवको अपमान हुने र परिवारमा शनिको प्रकोप बढेर जानेगर्दछ।
स्टिलका भाँडा : हिन्दु धर्मशास्त्रका अनुसार स्टिलका भाँडा कहिल्यै पनि दान गर्न नहुने उल्लेख गरिएको छ। यसो गर्दा पारिवारिक सम्बन्ध विग्रने तथा दान गर्ने र दान लिनेको सम्बन्ध समेत विग्रने गर्दछ।
धारिलो वस्तु: कहिल्यै पनि धारिलो वस्तु दान गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ। धारिलो वस्तुको दान गर्दा दुःख भोग्नुपर्ने र परिवारमा कलह बढेर जाने गर्दछ। त्यसैगरि यस्तो वस्तु दान गर्दा तनाव पनि बढेर जाने गर्दछ।
पुराना कपडा : प्रायः मानिसहरु आफ्नो पुरानो कपडाहरु दानमा दिने गर्दछन्। तर, यस्तो गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ। यस्तो गर्दा देवी लक्ष्मीको अपमान हुनुका साथै पारिवारिक समस्या बढेर जाने गर्दछ । कपडा दान केवल दीनदुःखी र गरिबलाई दिनुपर्ने मान्यता छ।