फ्याँक्नुको सट्टा खानामा समावेश गर्नुहोस् काउलीको पात, पाउनुहुनेछ ५ यस्ता फाइदा

    काउली ती तरकारीहरू मध्ये एक हो, जसलाई धेरैले मन पराउँछन् ।

    काउली हरेक मौसममा पाइने भए पनि जाडोमा यसको सेवन बढी हुने गरेको छ । सामान्यतया मानिसहरू काउलीको सेतो भाग मात्रै खान्छन् र त्यसको पातलाई बेकारको सम्झेर फाल्छन् । तर के तपाईँलाई थाहा छ काउलीको पातमा पनि पौष्टिक तत्त्व प्रशस्त हुन्छ ? यसमा भिटामिन ए, फाइबर, प्रोटिन, क्याल्सियम र फस्फोरस जस्ता पोषक तत्त्व पाइन्छन् ।

    यी सबै पोषक तत्त्वहरू हाम्रो स्वास्थ्यको लागि धेरै लाभदायक छन् । काउलीको पातलाई सलाद, सूप वा तरकारी बनाएर खान सकिन्छ । काउलीको पातको सेवनले धेरै स्वास्थ्य समस्याबाट मुक्ति मिल्छ । आउनुहोस्, यसका फाइदाहरूबारे विस्तृतमा जानकारी लिऔँ ।

    आँखाका लागि फाइदाजनक: काउलीको पातको सेवन आँखाका लागि निकै फाइदाजनक हुन्छ । इन्टरनेशनल जर्नल अफ साइन्टिफिक एन्ड इन्जिनियरिङमा गरिएको एक अध्ययन अनुसार काउलीको पातमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । यसको सेवनले सीरम रेटिनोलको स्तर बढाउँछ र रतन्धोको जोखिम कम गर्छ ।

    रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ: काउलीको पात मधुमेहमा फाइदाजनक हुन्छ । यसमा प्रोटिन र फाइबरको मात्रा धेरै हुन्छ । साथै, यसमा कार्बोहाइड्रेट एकदमै कम मात्रामा पाइन्छ । यसको प्रयोगले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यदि तपाईँलाई मधुमेह छ भने, तपाईँ डाक्टरको सल्लाहमा आफ्नो आहारमा काउलीको पात समावेश गर्न सक्नुहुन्छ ।

    रक्तअल्पत्ता हटाउँछ: काउलीको पात आइरनको एक समृद्ध स्रोत हुन् । यसको १०० ग्राम पातबाट ४० मिलिग्राम आइरन पाइन्छ । यसको सेवनले शरीरको रक्तअल्पत्ता हटाउन निकै सहयोग गर्छ । महिला र बालबालिकामा रक्त अल्पताको उपचारको लागि पनि काउलीको पात धेरै प्रभावकारी मानिन्छ ।

    हड्डी बलियो बनाउँछ: काउलीको पातमा क्याल्सियम प्रशस्त हुन्छ । यसको १०० ग्राम पातमा लगभग ६०० मिलिग्राम क्याल्सियम पाइन्छ । काउलीको पातको सेवनले हड्डी बलियो बनाउँछ । यसका साथै यसले अर्थराइटिस र हड्डीसँग सम्बन्धित अन्य रोगहरूलाई रोक्न पनि मद्दत गर्छ ।

    मुटु स्वस्थ राख्छ: काउलीको पातलाई मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । वास्तवमा, यसमा एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणहरू छन्, जसले हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ । यसबाहेक यसमा उच्च फाइबर र फ्याटको मात्रा कम भएका कारण हृदय रोगीहरूको लागि लाभदायी छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *