यस्ता छन् स्वास्थ्यको लागि मोही पिउनुका फाइदाहरु

    मोहीको प्रयोगबाट शरीरमा उपस्थित विजातीय तत्वलाई बाहिर फाल्न र नयाँ जीवन दिन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यसको प्रयोगले शरीरमा प्रतिरोधात्मक (रोगसंग लड़ने शक्ति) शक्ति पैदा गराउँदछ । तर मोहीमा फ्याट हुनु चाही हुँदैन । गाईको दूधबाट बनेको मोही सबैभन्दा उत्तम मानिन्छ । यसको प्रयोगबाट अनेकौं रोग नष्ट गर्न समेत मद्दत गर्दछ ।

    गाईको दहिबाट बनेको मोही दैनिक सेवन गर्नाले असमयमा फुल्ने कपाल समेत कालो हुने कुरा आयुर्वेद ग्रन्थमा उल्लेख गरेको छ । मोही खाने तर कतिबेला खाने यो सबैभन्दा महत्वपूर्ण कुरा हो । आयुर्वेदमा मही सेवन गर्ने समय तोकेको छ । खाना खाइसकेपछि मोही पिउनु, रातको मध्येमा दूध पिउनु र रातको अन्तमा पानी पिउनु राम्रो भनेको छ ।

    मोही आफैमा एउटा प्राकृतिक औषधि भन्दा खासै फरक छैन । मोहीसंग आटो मुछेर खाने चलन हाम्रो पालामा थियो तर अहिले यो चलन हट्दै गयो । मान्छेहरू अल्छी हुदै गए । गाई वस्तु पाल्न छोडे यसरी क्रमश: रोगको दलदलमा फस्दै गए । रोग लाग्नुको अर्को महत्त्वपूर्ण कारण यो पनि एक हो भन्दा फरक नपर्ला ।

    यस्ता छन् मोहीको सेवन गर्नुका फाइदाहरु

    १. पाइल्सको रोगमा

    १ गिलास महिमा १ चम्चा ज्वानो र नुन मिलाएर सेवन गर्नाले पाइल्सको रोग क्रमश: निको हुँदै जानेछ । मोहीमा कालो नुन मिलाएर सेवन गर्नाले पाचन प्रक्रियालाई सुधार गर्दै जानेछ । रूचि बढाउन समेत यसले राम्रो काम गरेको हुन्छ ।

    २. पेट फुल्ने अपच हुने जस्ता रोगमा

    घिउ तेल, मरमसला खानाले भएको अजिण रोगमा मोहीको सेवनले राम्रो फाइदा गर्दछ ।

    ३. गाँजा भांगको नशा

    अमिलो मोही पिउनाले गाँजा, भाङको असरलाई काट्ने काम यसले गर्नेछ ।

    ४. मोटोपनामा मोहीको प्रयोग

    मोहीको सेवन गर्नाले मोटोपना हटाउन मद्दत गर्दछ । मोहीमा कालो नुन (विरेनुन) र ज्वानो मिलाएर पिउनाले पनि बोसो हटाउन मद्दत गर्दछ ।

    ५. अपचमा

    खानामा अरूचि छ भने मोहीको सेवन गर्नाले रूचि जगाउँदछ । पाचन प्रक्रिया कमजोर हुनेहरुलाई मोही बरदान सावित भएको छ । यसले खाएको अन्न हजम गराउन समेत मद्दत गर्दछ । ताजा मोहीमा सिधेनुन, भुटेको जीरा र कालो मरिच पिसेको धुलो मिलाएर सेवन गर्नाले अजीर्ण (भोक न लाग्ने) रोग भगाउनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *