प्रसूतिमा बढ्दो शल्यक्रिया : आमाको शरीरमाथि नै खेलबाड

    प्रसूतिमा बढ्दो शल्यक्रिया : आमाको शरीरमाथि नै खेलबाड

    पछिल्लो समय नेपालमा शल्यक्रिया मार्फत बच्चा जन्माउने क्रम अस्वाभाविक रूपमा बढेको छ । महिलाको स्वास्थ्यमा जटिल समस्या देखिन सक्ने हुनाले आमा र बच्चाको स्वास्थ्यमा खतरा हुने अवस्थामा बाहेक शल्यक्रियाबाट प्रसूति गराउनु राम्रो मानिंदैन ।

     

    किन गरिन्छ यति धेरै शल्यक्रिया ?

    अस्पतालका जिम्मेवार अधिकारी र चिकित्सकहरू शल्यक्रियाको संख्या यति धेरै हुनुमा सुत्केरी र उनीहरूको परिवार जिम्मेवार भएको दाबी गर्छन् ।

    शल्यक्रिया विना सुत्केरी हुँदा महिलाले कम्तीमा ८ देखि बढीमा २० घण्टासम्म प्रसव वेदना सहनुपर्छ । हिजोआजका महिलाले प्रसव वेदना खप्ने भन्दा शल्यक्रिया गर्ने चाहना राख्ने गरेको उनीहरूको जिकिर छ ।

    परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी धेरै महिलाले सामान्य प्रसूतिको सट्टा स्वेच्छाले नै शल्यक्रिया रोज्ने गरेको बताउँछन् । ‘नर्मल प्रक्रियाबाट प्रसूति हुन धेरै समय व्यथा लाग्नुपर्छ । त्यसका साथै दुखाइ पनि खप्नुपर्छ’ उनी भन्छन्, ‘धेरै महिलाले पीडा सहन चाहँदैनन् । डरका कारण पनि अधिकांश महिलाले डेलिभरीमा जोखिम लिन चाहँदैनन् ।’

    वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी अधिकांश महिला प्राकृतिक रूपमा बच्चा जन्माउन योग्य हुने तर प्रसव वेदना खप्न नचाहेकै कारण शल्यक्रिया माग गर्ने गरेको उनको भनाइ छ ।

     

    जोखिम लिन चाहँदैनन् चिकित्सक

     

    सुत्केरी गराउने काम जटिल मानिन्छ । सामान्य हेलचेक्र्याइँले पनि आमा र बच्चाको जीवन खतरामा पर्ने गर्छ । त्यसैले गर्भवती र उनीहरूको परिवार यो मामिलामा निकै सचेत हुनु स्वाभाविक हो ।

    अस्पतालमा सुत्केरी गराउन जाँदा उनीहरूले आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई नै बढी जोड दिने गरेका हुन्छन् । सामान्य ढंगले प्रसूति गराउन खोज्दा अन्तिम समयमा कुनै जटिलता आउने सम्भावना पनि हुन्छ ।

    त्यसैले अस्पतालका चिकित्सकले यो जोखिम लिंदैनन् र शल्यक्रियाको सजिलो बाटो रोज्छन् । अझ धेरै निजी अस्पतालमा त पूर्णकालीन दक्ष चिकित्सक हुँदैनन् । सरकारी अस्पतालकै चिकित्सकले बिहान–बेलुकाको समयमा सेवा दिने गर्छन् ।

    उनीहरूसँग महिलालाई प्रसव वेदनापछि सुत्केरी हुने समयसम्म पर्खिने सुविधा हुन्न ।

    निजी अस्पतालमा कार्यरत एक चिकित्सक भन्छन्, ‘नर्मल डेलिभरी गर्नका लागि १८–२० घण्टा बिरामीलाई प्रत्यक्ष निगरानीमा राख्नुपर्छ । जुन सम्भव नै हुँदैन ।’ उनले भने, ‘अपरेसन गर्दा त्यो काम ३–४ घण्टामा सकिन्छ । जोखिम नलिने र समय पनि कम लाग्ने भएकाले बिरामीलाई कन्भिन्स गराएर नै शल्यक्रियाको बाटो अपनाइन्छ ।’

     

    साइत हेरेर बच्चा जन्माउने प्रचलन !

    आजभोलि पात्रो हेरेर, ज्योतिषीले दिएको साइतमै बच्चा निकालिदिनु भन्ने ट‍्रेन्ड बढ्दो छ’ उनले भने, ‘ज्योतिषीले यो बार, यो समयमा बच्चा पाउन उत्तम छ भनेको भन्दै त्यही समयमा बच्चा निकाल्न चिकित्सकलाई दबाब रहन्छ ।’

    यस्ता दम्पतीलाई नर्मल डेलिभरी गराउन परामर्श दिए पनि पहिल्यै सल्लाह गरेर आएकाले चिकित्सकको परामर्श मान्दैनन् ।

    ‘अहिलेका उच्च मध्यम र उच्च आर्थिक वर्गमा जोखिम शून्यका साथसाथै साइत हेरेर बच्चा जन्माउने क्रम बढिरहेको छ । जुन स्वास्थ्यका दृष्टिकोणले राम्रो होइन

     

    महिलाको शरीरमाथि खेलबाड

     

    ‘सिजरियन गरिएको केसमा केही यस्ता घटना भइरहेका हुन्छन् । युवा अवस्थामै महिलाको पाठेघर समेत निकाल्नुपर्ने हुन्छ ।’

    चिकित्सकहरूका अनुसार पहिलो बच्चा अपरेसन गरेर जन्माएपछि त्यसपछि बच्चा जन्माउँदा पनि अपरेसन गर्नुपर्ने सम्भावना ८० प्रतिशतभन्दा बढी नै हुन्छ । जसले गर्दा दोस्रो पटक नै नर्मल डेलिभरी न्यून मात्रामा हुन्छ । त्यसैले सकेसम्म प्राकृतिक डेलिभरी नै गर्न प्रेरित गर्नुपर्ने प्रसूति रोग अस्पतालका निर्देशक डा. को भनाइ छ ।

    ‘अपरेसनले महिलामा जटिलता थपिंदै जान्छ’ डा. ले भने, ‘सर्जरी पनि शतप्रतिशत सुरक्षित हुँदैन । यसले दीर्घकालीन रूपमा असर पारिरहेको हुन्छ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *