जापानी परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम

    जापानकी परराष्ट्रमन्त्री कामिकावा योको आज एकदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन्।

    आफ्नो एकदिने नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्नेछिन्। आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनको द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    भेटका क्रममा नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको र नेपालको विकासका विषयमा कुराकानी हुने बताइएको छ। साथै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी पनि हुनेछ।

    भेटवार्तालगत्तै परराष्ट्रमन्त्री कामिकावा आजै काठमाडौंबाट जापानका लागि प्रस्थान गर्नेछिन्।

    सन् २००० मा तत्कालनी जापानी प्रधानमन्त्री योसिरो मोरीको भ्रमण पछि यो दोस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो।

    जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *