कीर्तिपुरमा यात्रुवाहक बस दुर्घटना

    कीर्तिपुर-रत्नपार्क रुटमा चल्ने एक यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

    आइतबार दिउँसो पौने ३ बजेको समयमा कीर्तिपुरबाट रत्नपार्क आउँदै गरेको बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल नजिकै दुर्घटनामा परेको हो।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बसमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको र ३ जना घाइते रहेको जानकारी दिए।

    मृतकको नाम ठेगाना भने खुलिनसकेको उनले जनाए। बसमा कति जना सवार थिए भन्ने यकिन तथ्याङ्क समेत आइनसकेको उनको भनाइ छ।

    दुर्घटनामा घाइते भएकाेहरुको अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको एसएसपी दिनेशराज मैनालीले जनाए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *