आतंकवादी संगठनले दियो टी-२० विश्वकपमा आक्रमण गर्ने धम्की

    २५ वैशाख, काठमाडौं । पाकिस्तान र अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरसानले टी-२० वर्ल्ड कप क्रिकेटमा आक्रमण गर्ने धम्की दिएको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

    आयोजक वेष्ट इण्डिज क्रिकेटका अधिकारीले सुरक्षा अधिकारीहरुसँग मिलेर आवश्यक प्रबन्धका लागि काम गरिरहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार आतंकवादी संगठनले वेष्टइण्डिज सहितका देशहरुलाई भिडियो म्यासेज पठाएर आक्रमणको धम्की दिइएको छ ।

    आईएस खोरसानको अफगानिस्तान-पाकिस्तान शाखाले नशीर-ए-पाकिस्तान च्यानलमार्फत् पनि एक भिडियो सार्वजनिक गर्दै हमलाको धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । नशीर-ए-पाकिस्तान इस्लामिक स्टेटसँग सम्बन्धित प्रोपोगाण्डा च्यानल हो ।

    क्रिकेट वेष्टइण्डिजका सीईओले भने- सुरक्षा पहिलो प्राथमिकता

    क्रिकेट वेष्टइण्डिजका सीईओ जोनी ग्रेब्सले क्रिक बजसँगको कुराकानीमा आयोजक देश र प्रतियोगिता हुने शहरहरुमा लगातार निगरानी गर्न र सम्भावित खतराको सामना गर्न अधिकारीहरुसँग मिलेर काम गरिरहेको बताएका छन् । सुरक्षा आफूहरुको पहिलो प्राथमिकता रहेको भन्दै उनले आवश्यक प्रबन्ध मिलाइने बताएका छन् ।

    टी-२० वर्लडकपका खेल वेष्टइण्डिज र अमेरिकामा जुन २ देखि २९ सम्म हुँदैछ । नेपाल पनि वर्ल्डकपमा सहभागी हुँदैछ । वर्ल्ड कप खेल्न नेपाली टोली वेष्टइण्डिज पुगिसकेको छ ।

    टी-२० विश्वकपमा नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्ने छ । नेपालले १२ जुनमा श्रीलंकासँग, १५ जुनमा दक्षिण अफ्रिकासँग र १७ जुनमा बंगलादेशसँग खेल्ने छ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउने छ ।

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *