मन्त्री आलमगीर आलको निजी सचिवका नोकरको घरमा भेटियो ३० करोड।

    नयाँ दिल्ली । भारतमा मासिक १५ हजार भारु तलब खाने एक व्यक्तिको घरमा ३० करोड भारु भेटिएको छ । ती व्यक्ति झारखन्ड सरकारका मन्त्री आलमगीर आलको निजी सचिवका नोकर हुन् । प्रवर्तन निर्देशनालय (ईडी)ले राँचीमा छापा मार्ने क्रममा नोकरको घरबाट २० देखि ३० करोड भारु नगद फेला पारेको हो । सोही घरमा अर्को एक स्थानबाट तीन करोड भारु बरामद भएको पनि बताइएको छ । सम्पत्ति शुद्धीकरण मामिलामा छानबिनका क्रममा आलमगीर आलमको नाम आएको थियो । आलमको मन्त्रालयमा भ्रष्टाचार भइरहेको र पैसा नोकरहरुको घरमा पठाइरहेको जानकारी ईडीले पाएको थियो । यही जानकारीका आधारमा ईडीले मन्त्रीका निजी सचिवको नोकरको घरमा छापा मारेको थियो । १० हजार भारु घुस लिएको मामिलामा छापा मार्दा करोडौं रकम भेटिएको बताइएको छ । गएको वर्ष झारखन्डमा कंग्रेसको राज्यसभाको सांसद र व्यापारी धीरज साहुको घरमा आय कर विभागले छापा मार्दा ३ अर्ब ५० करोड भारु भन्दा बढीको नगद बरामद भएको थियो । तर साहुले बरामद भएको रकम आफ्नो रक्सी कम्पनीको भएको बताएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *