के खादा फाइदा हुन्छ त मृगौलामा पत्थरी भएका व्यक्तिहरुले ?

    मृगौलामा उत्पन्न हुने विविध समस्यामध्ये पत्थरी पनि एउटा हो । अव्यवस्थित जीवनशैली र खानपानका कारण मृगौलामा पत्थरी हुने गर्छ ।

    त्यसैले सही खानपानले पनि यस्तो पत्थरीबाट बच्न सकिन्छ । यद्यपि पत्थरी बढ्दै गइसकेको अवस्थामा भने औषधी वा शल्यक्रिया गर्नुको अर्को विकल्प हुँदैन । यसकारण मृगौलामा पत्थरी हुँदा के कस्ता खानेकुरा खाने भन्ने सन्दर्भमा हामी जानकारी गराउँदै छौ ।

    पत्थरी भएका व्यक्तिले साबिकको भन्दा बढी पानी पिउनु जरुरी हुन्छ । बढी पानी पिउँदा पिसाबको मात्रा पनि बढ्छ । र, यसले मृगौलामा बनेको पत्थरलाई बगाएर फ्याँक्न मद्दत गर्छ ।

    नरिवलको पानी
    पत्थरी भएमा नरिवल पानी निकै लाभदायक मानिन्छ । नरिवलको पानीमा पत्थर बन्न रोक्ने र बढ्न नदिने गुण हुन्छ । यति मात्रा नभएर बनिसकेको पत्थरलाई समेत हटाउने विशेष रसायन नरिवलको पानीमा हुन्छ । यसमा प्रशस्त प्राकृतिक पोटासियम पाइने भएकाले यसले मृगौलामा पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ ।

    हरियो मकैको चिया
    पत्थरी भएका मानिसले हरियो मकैको चिया पिउादा पनि फाइदा हुन्छ । यस्तो मकैमा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र मिनरल्सको मात्रा प्रशस्त हुन्छ । जसले मूत्र उत्सर्जनलाई पनि बढाउने काम गर्छ । त्यस्तै, यो चियामा टाट्रेट्स नामक तत्त्व पनि हुन्छ । जसले पत्थरी बन्ने क्रियालाई रोक्ने काम गर्छ । मकैको चियाले मृगौलामा इन्फेक्सन कम गर्न र मूत्र थैलीलाई सशक्त बनाउनको लागि पनि मद्दत गर्छ ।

    जौको माड
    कहिल्यै जौलाई माडको रूपमा सेवन गर्नु भएको छ ? यदि तपाईँमा मृगौलासम्बन्धी समस्या छ भने आजैदेखि यसको सेवन गर्न सक्नुहुन्छ । यसले मूत्र–प्रवाहलाई बढाउनुका साथै मिर्गौला तथा मूत्र मार्गको सङ्क्रमणबाट पनि बचाउने काम गर्छ ।

    भूइँकटहरको जुस
    भूइँकटहरको जुसले पनि पत्थरीको बिरामीलाई राहत मिल्छ । यसमा पत्थरीलाई गाल्ने इन्जाइम हुन्छन् । जसले फ्राइब्रिनलाई तोड्न मद्दत पुर्‍याउँछ ।

    केरा
    तपाईँलाई थाहा नहुन सक्छ कि पत्थरीका बिरामीलाई केराले पनि फाइदा पुर्‍याउने गर्छ । केरामा भिटामिन ९ बी ६ पाइन्छ । जसले अक्जलिक एसिडलाई तोडेर आक्जेलेट क्रिस्टल बन्नबाट बचाउँछ । यसले गर्दा पत्थरीको समस्याले भयावह रूप लिन पाउँदैन ।

    बदाम
    जाडो महिनामा बदामको अत्यधिक प्रयोग गरिन्छ । यसले स्वास्थ्यमा निकै फाइदा पुर्‍याउँछ । मृगौलामा पत्थरी पीडितको लागि पनि यो उत्तिकै लाभदायक मानिन्छ । बदाममा म्याग्नेसियम र पोटासियमको मात्रा प्रशस्त हुन्छ । जसले मृगौलामा पत्थरी बन्न दिँदैन ।

    कागती
    कागती भिटामिन सी को निकै राम्रो स्रोत हो । यसबाट सिट्रेट नामक तत्त्व पनि प्रशस्त मात्रामा पाइन्छ । जुन अम्लले क्याल्सियम अक्जलेट पत्थरी हुनबाट बचाउने काम गर्छ ।

    गहतको झोल
    गहतले पत्थरी रोग नियन्त्रणको लागि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यसलाई उत्तम औषधीको रूपमा लिँदा पनि फरक पर्दैन । यसले पत्थरी हुन नदिनुका साथै भएको पत्थरीलाई पनि गलाउने काम गर्छ । जसले गर्दा मृगौलामा बनेको पत्थरी सहजै बाहिरिन्छ ।

    गाजर
    गाजरबाट पायरोफा स्फेट र वनस्पतीय अम्ल प्राप्त हुन्छ । यसले पनि पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ । यसका साथै गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्र नलीमा हुने घाउ निको पार्नको लागि पनि मद्दत पुर्‍याउँछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *