सपनामा सर्प देख्ने गर्नुहुन्छ ? यी ६ कुराको लक्षण हुन् सक्छ

    काठमाडौं । हामीले सपनामा के देख्न सक्ने कसैको नियन्त्रणमा छैन । सपना एउटा यस्तो सत्य हो जुन सबैका लागि सामान्य छ र हरेक व्यक्तिले जीवनमा कहिलेकाहीं सपना अवश्य देख्छ । आज हामी कुरा गर्दैछौं सर्पको सपनाको बारेमा । हो, सपनामा सर्प देखेर डराउनु सामान्य छ । यसलाई लिएर हाम्रो समाजमा थुप्रै प्रकारका विश्वासहरू छन् । धार्मिक ग्रंथहरूमा, सर्पको सपना लिएर धेरै कुराहरू भनिएको छ। आउँनुहोस जानौं सपना सँग सर्पको के सम्बन्ध हुन्छ ।

    १, यौन जीवन र सर्प
    केही अध्यनहरुमा यो पनि भनिएको छ कि तपाईले सपनामा सर्प देख्नु र तपाईको यौन जीवनको निकैं नजिकैको सम्बन्ध रहेको छ । यदि सपनामा सर्प तपाईको ओछ्यानमा देखिन्छ वा सर्पसँग जोडिएको अन्य पुरात देख्नुभयो भने त्यसको सिधै असर तपाईको यौन ऊर्जासँग हुन्छ । साथै सपनामा सर्प देख्नाले तपाई आफ्नो यौन साथिका बारेमा धेरै कुराहरु जान्न सकनुहुन्छ भन्ने विश्वास छ । सर्पको सपनाले तपाईमा यौनको आगो दनदनी दन्किरहेको छ भन्नेपनि देखाउँछ ।

    २, सर्प र समृद्धि
    पुरानो समयमा, सर्पलाई सद्धृदिसँग जोडेर हेर्ने गरिएको थिँयो । यस विश्वासको अनुसार, यदि तपाईले आफ्नो सपनामा सर्प देख्नुभयो भने, तपाईले चाँडै सफलता र पैसा पाउँदै हुनुहुन्छ । तपाईले थालेको काममा तपाई सफलताको नजिक हुनुहुनछ । यर्सथ तपाईले सफलताको मार्गमा आउँने सबै बाधाहरु पार गर्नुभयो ।

    ३, सर्प र चेतावनी
    सपनामा सर्पको बारेमा अर्को धारणा यो हो कि तपाईको वरिपरि कोही त्यस्ता व्यक्ति छन्, जसलाई तपाईले अत्याधिक मात्रामा विश्वास गर्नुहुँदैन । दोस्रो तथ्य के हो भने तपाई कुनै पनि सत्यलाई बेवास्ता गरेर गलत मार्गमा अगाडि बढ्दै हुदैँन । बारम्बार सर्प सपनामा आउँछ भने तपाई सचेत हुनुपर्छ ।

    ४, सर्प र आध्यात्मिकता
    पूर्वी देशहरूमा प्रचलित विश्वासका अनुसार, सपनामा सर्प आउँनु भनेको तपाईको कुन्डलिनी जागृत हुनु हो । तपाईको शरीरले नयाँ प्रकारको ऊर्जा पाउँदैछ, जसमा तपाईले सफलताको मुकुट प्राप्त गर्न सक्नुहुनेछ। सपनामा सर्प हुनुको अर्थ आध्यात्मिक उपलब्धिहरुसँग पनि जोडिएको छ।

    ५, सपनामा सर्पले डस्नु
    यदि सपनामा तपाईलाई सर्पले डस्यो वा तपाईलाई निल्ने कोशिस गर्दैछ भने, यसको अर्थ हुन्छ तपाईले कुनै पनि संघर्ष वा जीवनमा चलिरहेको परिस्थितिहरूलाई यथास्थितमा छोड्नु पर्छ । भविष्यमा यो स्थिति एक बोझ हुन सक्छ किनभने, यसको साथ बलियो रूपमा संलग्न हुनु तपाईका लागि बोझ भन्दा अरु केही हुँदैन ।

    ६, सर्प र मन पर्ने वा नपर्ने
    वातावरणका अनुसार तपाई जहाँ बस्नुहुन्छ, सपनामा सर्प आउनुको अर्थ फरक हुन सक्छ। तर सर्पको बारेमा तपाई कसरी सोच्नुहुन्छ ? चाहे तपाई तिनीहरूसँग डराउनु हुन्छ वा हुँदैन, तपाईको सपना पनि यस कुरामा निर्भर गर्दछ । किनकी यदि तपाई सर्पदेखि डराउँनुहुन्छ भने, सपनामा सर्प देखेर तपाईको अनुभव कुनै सर्प पालेर बसेको मानिसको भन्दा फरक हुन सक्छ । यो भनिएको छ, हामी अक्सर हाम्रो सपनाहरुमा त्यहि चीजहरू देख्छौं, जसको हामी वरिपरि छौं वा त्यसका बारेमा हामी अधिक सोच्न गर्दछौं ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *