७ करोड नगद बोकेको गाडी सडकमा पल्टिएपछि…

    भारतको आन्ध्र प्रदेशमा शनिबार फेरि ठुलो परिमाणमा नगद जफत भएको छ । राज्यको पूर्वी गोदावरी जिल्लामा टाटा एसमा कार्डबोर्डमा लुकाएर लैजाँदै गरिएको अवस्थामा ७ करोड भारु फेला परेको हो । राज्यको नल्लाजर्ला मन्डलको अनन्तपल्लीमा एक लरीसँग ठोक्किएपछि टाटा एस पल्टियो । गाडी पल्टिँदा सडकभरि पैसा छरियो । गाडीमा बोराहरू थिए । बोराहरूको बिचमा कार्टुन भरि–भरि पैसा थिए । घटनास्थलबाट प्रहरीले पुग्दा ७ करोड नगद भेटेको बताइएको छ । पल्टिएको टाटा एस विजयवाडाबाट विशाखापट्टनतिर गइरहेको थियो । यस घटनामा टाटा एसका चालकलाई चोट लागेको बताइएको छ । अस्पतालमा उनको उपचार भइरहेको छ । यसअघि शुक्रबार आन्ध्र प्रदेशको एनटीआर जिल्लामा प्रहरीले खनतललासीको क्रममा पाइप भरिएको ट्रकमा ८ करोड नगद भेटिएको थियो । प्रहरीले ट्रक र पैसा सहित ट्रकमा सवार दुई जनालाई पनि समातेको बताइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *