कस्ता मान्छेलाई बदि टोक्छ त लामखुट्टेले ? जानी राखौ

    गर्मी मौसममा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर हामी मध्ये कतिपय यस्ता छौ जसलाई अन्यको तुलनामा लामखुट्टेले धेरै टोक्छ । तर किन त लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउने एक विशेष प्रकारको सेन्सर हुन्छ । यसैको मद्दतले यसले शिकारलाई खोज्दछ । यस अलावा अन्यको तुलनामा कसैलाई बढि लामखुट्टेले टोक्छ भने लामखुट्टेलाई के कुराले आकर्षित गर्छ त ? यी हुन् कारण :

    १. धेरै पसिना आउने मानिस प्रति लामखुट्टेलाई आकर्षित गर्दछ । लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइन्छ । त्यसैले यो आर्कषित बन्दछ ।
    २. महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुइको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दछ ।
    ३. लामखुट्टे शरीरको तापक्रममार्फत आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरीरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ ।
    ४. कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुने गर्दछन् ।

    ५. बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ । कसैले परफ्युम र डियो लगाएको छ भने लामखुट्टेले टोक्ने सम्भावना धेरै हुन्छ ।

    ६. अधिकांश छालाको स्याहारमा प्रयोग गरीने क्रिम तथा कष्मेटीक प्रोडक्ट लगाउनेमा ल्याक्टिक एसिड उत्पन्न हुन्छ जसले लामखुट्टेलाई आकर्षित गर्दछ ।
    ७. यदि कसैमा कोलेस्ट्रोलको स्तर धेरै छ उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।
    ८. मोटो मानिसले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्दछन् । त्यसैले उनीहरुको बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।

    ९. लामखुट्टेले शरीरको गन्धमार्फत पनि मानिस भएको ठाउँ थाहा पाउँछ । जति कडा गन्ध हुन्छ लामखुट्टेले टोक्ने सम्भावना त्यति धेरै हुन्छ ।
    १०. सामान्य महिलाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले बढि टोक्दछ ।धेरैलाई थाहा नहोला तर हामीलाई टोक्ने लामखुट्टे पोथी मात्र हुन्छ । भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाच्छन् । पोथी लामखुट्टेलाई लार्भा उत्पादन गर्न मानव रगत पोषणको रुपमा प्रयोग हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *