यी उपाय अपनाउनुस आफ्नो आखाको डार्क सर्कल हटाउन!

    व्यस्त जीवनशैली, अस्वस्थ खानपान र तनावले डार्क सर्कल धेरैको समस्या बनिरहेको छ । व्यक्तिको सुन्दरता आँखाले झल्काउने गर्छ । तर आँखामा कालोपना अर्थात डार्क सर्कलले आँखालाई कुरुप बनाउँछ ।

    आँखाको सामान्य हेरचाह र खानपिनमा ध्यान दिँदा यस्तो समस्याबाट छुटकारा पाइन्छ । सामान्यतया अहिले प्राय सबैको आम समस्या नै डार्क सर्कल बन्ने गरेको छ ।यस्तो समस्याबाट टाढा रहन भिटामिन ए, भिटामिन सी, भिटामिन के र ई पाइने खानेकुरा प्रशस्त मात्रामा खानपानमा समावेश गर्नुपर्छ । त्यस्तै, डार्क सर्कल हटाउन वा कम गर्न अर्को उपाय हो बदामको तेल ।

    बदामको तेलले डार्क सर्कल भएको ठाउँमा हल्का मालिस गर्दा यसले विस्तारै कालोपना हटाउँदै लैजान्छ र आँखालाई चम्किलो बनाउँछ । काँक्रो र आलुको रसले पनि डार्क सर्कल कम हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *