भैँसी करणी गर्दै गरेको अवस्थामा भेटिए यी युवा !

    ताप्लेजुङ । ताप्लेजुङमा जवरजस्ती करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका १० फुरुम्बुका २९ वर्षीय बिक्रम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङले बुधबार साँझ ५ बजे विद्यालयबाट घर फर्किदै गरेको अन्दाजी १६ वर्षीय युवतीलाई जवरजस्ती करणी गर्न खोजेको अभियोगिमा पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ । जवरजस्ती करणी गर्न खोज्दा युवतीले हारगुहार गरेपछि नजिकका स्थानीय घट्नास्थलतर्फ पुग्न साथ तामाङ फरार भएका थिए । फरार रहेका तामाङलाई खोजी गर्ने क्रममा बुधबार साँझ साढे ६ बजे गोठमा बाँधेको भैँसीलाई करणी गर्दै गरेको अवस्थामा स्थानीयले फेलापारी प्रहरीलाई बुझाएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो । प्रहरी नियन्त्रणमा रहेका तामाङलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जवरजस्ती करणी उद्योग र पशु करणी कसुरमा अदालतबाट हिरासतमा राख्ने ७ दिने म्याद लिई अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *