झुक्केर पनि नगर्नु यी ६ कामहरु खान खआएको २ घण्टासम्म नत्र क्यान्सर र मुटुरोगले सताउला

    एजेन्सी। खाना खाएपछि धेरैको आराम गर्ने, आनन्द लिने बानी हुन्छ। तर विभिन्न अनुसन्धान अनुसार खाना खाइसकेपछि दुई घण्टासम्म विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ। एक रिपोर्टका अनुसार खाना खाएपछि यी ६ काम गर्नुहुँदैन :

    धूम्रपान
    हुन त चुरोट पिउनु त्यसै पनि स्वास्थ्यका लागि हानिकारक कुरा हो तैपनि खाना खानेबित्तिकै धूम्रपान त कुनै हालतमा नगर्नुस्। यसो गर्दा आन्द्रा र फोक्सोको क्यान्सर हुन्छ।

    फल खाने
    खाना खाएलगत्तै फलफूल खानुभयो भने त्यो आमाशयमा गएर अड्किन्छ र आन्द्रामा पुग्न पाउँदैन । यसले गर्दा स्वास्थ्य बिग्रन्छ र पेटमा खाना कुहिन्छ । त्यसैले खाना खाएको कमसेकम एक घन्टापछि वा एक घन्टाअघि मात्र फल खानुस् । सबभन्दा गजब त बिहानै उठेर खाली पेटमा फल खाएको राम्रो । यसले तपाईंलाई ऊर्जा दिन्छ।

    चिया कफी
    अधिक चिया पिउँदा स्वास्थ्यमा असर पर्छ तैपनि खाना खानेबित्तिकै त चिया पटक्कै नपिउनुस् किनकि चियापत्तिमा धेरै अम्ल हुन्छ । यसले भोजनमा भएको प्रोटीनलाई हानि गर्छ र खाना पच्न मुश्किल हुन्छ । खाना खाएको एक घन्टापछि मात्र चिया पिउनुहोला।

    नुहाउने
    खाना खानेबित्तिकै नुहाउन नजानुस् । यसरी तुरन्तै नुहाउँदा शरीरमा रगतको प्रवाह बढ्छ । अनि पेटको चारैतर्फ रगतको मात्रा कम हुन्छ । यसबाट पाचन प्रणाली कमजोर हुन्छ।

    हिँडडुल
    हिँड्नु त स्वास्थ्यका लागि लाभदायक हुन्छ तर खाना खानेबित्तिकै वाक गर्न जानु गलत हो। यसले अपच गराउन सक्छ। खाना खाएको आधा घन्टापछि टहल्न थाल्नुस् । यसो गर्दा पेटमा एसिड जम्न पाउँदैन।

    सुत्ने
    खाना खानेबित्तिकै सुत्ने मानिसले खाना पचाउन सक्दैनन्। यसकारण उनीहरूलाई ग्यासको समस्या हुन्छ र आन्द्रामा संक्रमण हुन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *