नरिवलबाट पाइन्छ अचम्मका फाइदाहरु ! जानी राखौ

    काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपको मिति नजिकिएसँगै पूर्वक्रिकेटर र विश्लेषकहरुले विभिन्न आँकलन पनि गरिरहेका छन् । यसै क्रममा वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लाराले एउटा अनौठो विश्लेषण गरेका छन् । उनले सेमिफाइनलमा पुग्न सक्ने टोलीहरुको सूचीमा अफगानिस्तानलाई पनि समावेश गरेका छन् । पछिल्लो समय अफगानिस्तानको टोली लयमा रहेको उनको बुझाई छ । यसअघि भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि अफगानिस्तानले उत्कृष्ट प्रदर्शन गरेको थियो । उक्त विश्वकपमा अफगानिस्तानले निखारिएको प्रदर्शन गर्दै इङ्ल्यान्ड, पाकिस्तान र श्रीलंकालाई समेत हराएको थियो । थोरै अन्तरका कारण अफगानिस्तान एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुग्नबाट बञ्चित भएको थियो । आफ्नो समयका प्रभावशाली खेलाडी लाराले यी सबै खेलहरुको विश्लेषण गर्दै अफगानिस्तान आगामी टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न सक्ने दाबी गरेका हुन् । भारतमा इन्डियन प्रिमियर लिग सुरु हुनुअघि भारत र अफगानिस्तानबिच तीन खेलको टी–२० शृंखला खेलिएको थियो । त्यो शृंखलाको अघिल्लो दुई खेलमा भारतले सजिलो जित हात पारेको थियो । तर, शृंखलाको अन्तिम खेलमा भने अफगानिस्तानले भारतलाई गतिलो चुनौति दिएको थियो । बैंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा खेलिएको त्यो खेलमा भारतले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय १२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले पनि निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १२ रन नै बनाएको थियो । त्यसपछि खेल सुपर ओभरमा गएको थियो । पहिलो सुपर ओभर पनि बराबरीमा सकिएको थियो । दोस्रो सुपर ओभरमा पुगेर मात्र भारतले अफगानिस्तानलाई हराउन सकेको थियो । आगामी टी–२० विश्वकपमा अफगानिस्तान समूह ‘सी’ मा परेको छ । त्यो समूहमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *