उच्च रक्तचाप नियन्त्रणको अचूक औषधि लसुन, यस्तो छ प्रयोग गर्ने तरिका..

    लसुन अत्यधिक औषधीय गुण भएको चिज हो । यो विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । तरकारी वा अन्य परिकारमा लसुन हालेर खाने त हामी सबैले गरेकै हुन्छौँ तर खाली पेटमा लसुन खाने बानी भने हुँदैन ।

    तर बिहान खाली पेटमा लसुन खानु निकै फाइदाजनक हुन्छ । बिहान खाली पेटमा लसुन खानु किन बढि प्रभावकारी हुन्छ ? किनकी बिहानको समयमा ब्याक्टेरिया बढि मात्रामा बाहिर आएका हुन्छन्, जसलाई लसुनमा हुने तत्वले नष्ट गर्न सक्छ ।

    खाली पेट लसुन खानुका फाइदा यस्ता छन्-

    * उच्च रक्तचाप नियन्त्रण- बिहान खाली पेटमा लसुनको केही केश्रा नियमित रुपमा खानाले रक्तप्रवाह सन्तुलित गराउने तथा मुटुसँग सम्बन्धित विभिन्न खाले समस्याका साथै कलेजो तथा मुत्रथैलीको संक्रमणको जोखिम समेत कम गर्छ ।

    * झाडापखाला नियन्त्रण- सामान्य खाले झाडापखालको उपचारका लागि लसुनको सेवन हितकर हुन्छ । बिहान खाली पेटमा लसुन चपाउनुहोस्, त्यसले झाडाबान्तामा फाइदा पुग्छ ।

    * भोक लाग्दैन ? लसुन खानुस्- लसुनले पाचन क्रियालाई नियमित गर्दछ र भोक बढाउन मद्दत गर्दछ । यसले तनाव कम गर्नुका साथै पेटमा हुने अम्लपना समेत नियन्त्रण गर्न सहयोग पूराउँछ ।

    * दम, निमोनिया, ब्रोंकाइटिस, चिसो लाग्ने समस्या तथा खोकी लगायतका स्वासप्रस्वास जन्य समस्याको घरेलु उपचारमा लसुन निकै उपयोगी सिद्ध हुन्छ ।

    * लसुनको नियमित सेवनले कब्जियतको समस्या समेत कम गर्दछ ।

    भुटेको लसुनको फाइदा:

    लसुनलाई भुटेर सेवन गरेमा विशेषगरी पुरुषका लागि निकै फलदायी साबित हुन्छ । लसुनलाई काँचै वा तरकारी र अचारको रुपमा प्रयोग गरिन्छ । लसुनमा सल्फरको मात्रा केही बढी हुन्छ भने ‘ऐलिसिन’ नामक तत्व पनि हुन्छ, जसले एन्टी–ब्याक्टेरियल, एन्टी–फंगल र एन्टी ओक्सिडेन्टजस्ता गुण उत्पादन गर्छ ।

    एक अध्ययनले लसुनमा पाइने ‘फाइटोकेमिकल्स’ तत्वले पुरुषको स्वास्थ्यलाई विशेष फाइदा गर्ने पत्ता लागेको छ । यस्तै, आयुर्वेदका चिकित्सकले पुरुषलाई रातिमा भुटेको लसुनको एक पोटी खाने सल्लाह दिन्छन्, जान्नुहोस् यसले के–कस्ता फाइदा गर्छ ।

    १) पेटको समस्या कम: हरेक दिन भुटेको लसुन खानाले हाम्रो पेटमा ग्यास भरिदैन । यसले गर्दा हामीलाई ग्यास्ट्रिक जस्तो समस्याले सताउदैन । यसले खाना पचाउन मद्धत गर्ने भएकाले कब्जियतको समस्या देखी मुक्त हुन सकिन्छ ।

    २) रोग प्रतिरोधात्मक क्षमता बढ्छ: हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले विभिन्न प्रकारका ब्याक्टेरियासँग लड्न मद्धत पुर्याउँछ ।

    ३) चिसोबाट बचाउँछ: तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन ।

    ४) दाँतको दुखाइ कम: यदी तपाई दाँत दुखेर हैरान हुनुहुन्छ भने दाँत दुखेको ठाउँमा भुटेको लसुन पिसेर लगाउनुहोस् । तपाईलाई यसले निकै आराम दिन्छ ।

    ५) रक्त चाँप नियन्त्रण: विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचाँप सन्तुलित रुपमा रहने देखाएको छ । त्यसका साथै यसले रगतलाई सफा राख्ने काम पनि गर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *