हिस्टरिया (Hysteria) को कारण, लक्षण र उपचार

    कुनै पनि महिला होस वा पुरूषले मनलाई रोक्न नसकेपछि यस्तो समस्या देखिन थाल्दछ । यस्तो अवस्था कामबासना इमोसनल प्रेडलाई रोक्न सकेन भने यस प्रकारको हर्कत गर्दछ । यो रोग मानसिक रोग अन्तर्गत पर्दछ ।
    यो रोग प्राय कमलो मन भएका स्त्री पुरूषमा बढी देखिएको छ ।

    उमेर

    यो रोगको सुरुवात १५,१६ बर्षको महिला पुरुषमा बढी देखिएको छ । उपचारको अभावमा ४० बर्ष सम्म रहन्छ ।

    लक्षण

    यो रोग प्राय: मानसिक रोग अन्तर्गत पर्दछ । यो रोग मुर्छाउने मुखबाट गाज छोड्ने हात खुट्टा फाल्ने जस्तो लक्षण देखा पर्दछ ।

    कारण (Etiology)

    पैत्रिक परम्परागत या भनौ बंशाणुगत पनि जान सक्छ । यस्ता विरामी हुनुमा चाडो विवाह नहुनु मानसिक क्लेस बढ्नु, आर्थिक स्तर कमजोर हुनु, मासिक स्राब रोकिनु, पुरूष बर्गमा काम बासना तिब्र हुनु आदि कारणले पनि यो रोग हुनुको प्रमुख कारण मानिएको छ । महिलाको महिनावारी सुक्ने (Menopause) को अवस्थामा पनि यो रोग हुन सक्छ ।

    *डा. ‘वाइट’ ले हिस्टेरियालाई मानसिक आघात भनेका छन् ।

    उपचार

    १. गार्डीनल ३०,६० मि.ग्राम दिनमा २ पटक जति अवस्था हेरेर दिन सकिन्छ । यस्ता औषधि स्वयम् नदिएर डाक्टरको परामर्शमा दिन सके राम्रो हुनेछ । जब सम्म रोगको पहिचान गर्न सकिदैन यस्तो औषधि चलाई हाल्नु पर्दैन । यो औषधि कम्तीमा ३ बर्ष जति चलाउनुपर्ने हुनसक्छ ।

    २. सारस्वतारिष्ट आयुर्वेदिक औषधि १५ देखि ३० मि.ली समभाग पानी सित चलाउनाले राम्रो फाइदा देखिन सक्छ ।

    *डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *