नफाल्नुहोस् खाएपछि सुन्तलाको बोक्रा यस्ता छन् अदभूत फाईदा एवम् उपयोगिता

    सुन्तला निकै मिठो फल हो र यो गुनकारी पनि हुन्छ । यसमा प्रसस्तै भिटामिन सि लगायतका पोषण तत्व पाइन्छन् । हामीले सुन्तलाको बोक्रा छोडाएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ । सुन्तलाको बोक्रा नखाने मात्र होइन यसको अन्य काममा पनि खासै प्रयोग गरिँदैन । तथापि युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा दल्ने गरेको भने कहीँकतै देखिन्छ ।

    यद्यपि सुन्तलाको बोक्राको उपयोगिताको बारेमा भने हामी अधिकांस जानकार छैनौँ । यदि सुन्तलाको बोक्राका फाइदाको बारेमा जान्नुभयो भने साँच्ची तपाइले अब सुन्तलाको बोक्रा फ्याँक्नुहुने छैन र जतन गर्नुहुनेछ ।

    सुन्तलाको बोक्राको प्रयोगबाट हुने फाइदा:यदि कपाल एकदम खश्रो तथा जर्जर छ भने कपाललाई सुन्दर, सिल्की बनाउका लागि सुन्तलाको बोक्रा वरदान सावित हुनसक्छ । सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ । केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ । यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ । अनुहारमा दाग, धब्बा छ ? यदि त्यसो हो भने सुन्तलाको बोक्रालाई मज्जाले पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस् । नियमित रुपमा सुन्तलाको बोक्राको लेदो र गुलाब जलको मिश्रण अनुहारमा लगाउँदा अनुहारका दागधब्बा हराउनेछन् ।

    सुन्तलाको बोक्रामा छाला शुद्धिकरण गर्ने तत्व पाइन्छ । यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व पनि पाइन्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दही मिसाएर छालामा लगाउनुुहोस् । त्यसो गर्दा शरीरको छाला चम्किलो तथा नरम बन्छ । अनुहारको छाला बढि चिल्लो भएर हैरान हुनुभएको छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा फाइदा गर्छ ।

    सुन्तलाको बोक्रा केवल छालाको लागि मात्र होइन हृदयरोगको निवारणमा पनि सहयोगी बन्छ । रगतमा उच्च कोलेस्ट्रोलको समस्या भएकाहरुका लागि सुन्तलाको बोक्रा खानु लाभदायी मानिन्छ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाले सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ । साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा गर्ने विज्ञहरुको भनाइ छ ।

    सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण हुन्छ । अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरुले मात्र होइन पेटमा जुका परेकाहरुले पनि सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ । निद्रा नपर्ने समस्या भएकाहरुले सुन्तलाको बोक्राको सेवन गर्दा अनिद्राको समस्या कम हुने र गहिरो निद्रा पर्ने अध्ययनले देखाएको छ । यसैगरी पिपल त हामी सबैले चिनेकै छौँ । हिन्दु धर्ममा निकै बिशेष मानिने पिपल स्वास्थ्यका लागि पनि निकै लाभदायिक छ। यो विशेष गरि नेपालको दक्षिणी भागमा पाइन्छ। यो विशेष प्रकारको आयुर्वेद रुखको रुपमा पनि चिनिन्छ।यसलाई आयूर्वेदको खजना पनि भनिन्छ। यसले धेरै विरामीको उपचार समेत गर्ने गर्दछन् । गोनोरिया, डाइरिया, नसाको दर्द लगायतका समस्याका लागि यो अचुक ओखती हो। यसकारण मानव स्वास्थ्यको लागि पिपलको उपयोगी यसकार छ। छाला चाउरीपना पर्नबाट बचाउँछ।

    १) पीपलको जरामा रहेको एन्टीअक्सीडेन्ट सबैभन्दा धेरै रहेको हुन्छ। यही गुणको कारणले पिपलको जराले वृद्धावस्थामा हुने चाउरीपनाबाट बचाउँछ। यसको जरालाई काटेर पानीमा मिलाइ पिसेर छालामा लगाएमा जस्तोसुकै चाउरिएको छाला नरम र मुलायम हुन जान्छ।

    २) दाँत हल्लिन र सड्नबाट जोगाउँछ पीपलको १० ग्राम छाला, कत्था तथा २ ग्राम कालो मरिचलाई पिसेर पाउडर बनाउनुहोस। यही पाउडरलाई मन्जन बनाएर दैनिक दाँत माझेमा दाँत हल्लिन, सड्न र स्वासको दुर्गन्धबाट हटाउँछ। मनमा हर्ष जगाउँछ। दमको रोगीलाई दमदार पीपलको जराभित्र रहेको भागलाईनिकालेर सुकाउनुस्। यसलाई मसिनो बनाएर चूर्ण बनाउनुस्। जसले दमरोगीलाई दमदार औषधिको काम गर्नेछ।

    ३) दमको बिरामीलाई आराम दिन्छ। फाटेको खुट्टालाई जोगाउँछ पीपलको पातलाई दूधमा चोभेर खुटामा लगाउनाले फाटेको खुट्टालाई राहत दिन्छ। छाला पनि नरम बनाउँछ। यसका साथै तालु समे नरम हुन्छ। चर्म रोगमा उपयोगी पिपल बहु रोगको उपचारमा अचुक औषधि मानिन्छ। यसको नरम पातलाई राम्ररी चपाएर खाएमा छाला सम्बन्धी चर्म रोगमा बहुउपयोगी हुन्छ।

    ४) घाउ पुर्नलाई प्रभावकारी पीपलको ताजा पातलाई तातो बनाएर घाउमा लेप लगाएमा शरीरमा रहेको जस्तोसुकै घाउ सुख्खा हुन्छ अर्थात निको हुन्छ। यसका साथै धेरै गहिरो घाउ भएमा तातो पातलाई सेलाएर घाउमा लेप लगाएमा केही दिनमै घाउ गरिएर आउँछ।जसले शरीरलाई आराम दिन्छ। पेटको रोगको निदान पिपललाई पत्त नाशक मानिन्छ। यसको मतलब पेटको समस्यासँग सम्बन्धित सबै कब्जियतसँग काम गर्दछ। पित्त बढेमा वा पेटमा ग्यास भरिएमा यसको ताजा पातलाई साँझ विहान एक एक चम्ची सेवन गरेमा पित्तको नाश हुन्छ र पेट ठिक हुन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *