आज टी-२० विश्वकपमा तिन खेल हुने, यस्तो छ तालिका।

    काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदै छन् । आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच हुदै छ । गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ ।

    त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुदै छ । बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

    त्यस्तै आज तेस्रो खेल समुह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच हुने छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *