घामले तातेको ट्यांकीको पानीले नुहाउदा हुन सक्छ यस्तो घाटक, जानी राखौ

    आजभोलि घाम निकै चर्किँदो छ । यसकारण हामीले पिउने पानी पनि तातै,नुहाउने पानी पनि घामले तातेर उमालेसरह नै हुने गर्छ ।

    जाडो मौसममा हामी चिसो पानीले नुहाउन नसकेर पानी तताएर नुहाउने गर्छौ । र गर्मी महिनामा भने सकेसम्म हामी चिसो पानीले नुहाउन खोज्छौ । तर यो गर्मी सिजनमा छतमा राखेका पानीका ट्याङ्कीहरू तातेर तताए सरह नै हुने गर्छ ।

    गर्मी मौसममा छतमा राखिएको ट्याङ्की एकदमै धेरै तातिने गर्छ, जसले गर्दा त्यसको पानी गिजर वा हिटरले तताएको भन्दा तातो आउने गर्छ । र आम मानिसहरूले यस्तै पानी प्रयोग गर्छन् ।

    तर, तपाईले थाहा पाउनुपर्ने कुरा के छ भने यस्तो पानीले शरीरमा भने विभिन्न प्रकारको नोक्सान पुर्‍याउने गर्छ ।

    –यदि तपाईँ ट्याङ्कीमा तातिएको पानीले नुहाउनुहुन्छ भने तपाईंको कपाललाई यसले गम्भीर क्षति पुर्‍याउन सक्छ । यसले कपाल झर्न थाल्छ र जराहरू पनि कमजोर हुन्छन्

    –त्यसैले यस्तो पानी साँझमा अलि चिसो भएपछि मात्र प्रयोग गर्नुहोस् । तपाईँ नुहाउनका लागि बिहानको समय रोज्न सक्नुहुन्छ । साथमा घरको कामहरू पनि बिहानको समयमा नै गर्नुहोस् जसले गर्दा दिउँसो तातो पानी प्रयोग गर्नुपर्दैन ।

    –यदि तपाईँको कानमा ट्याङ्कीको तातो पानी पस्यो भने यसले कानमा जम्मा भएको कानेगुजी पग्लिएर फैलिन सक्छ । जसले गर्दा कान दुख्नुका साथै अन्य समस्या पनि हुन सक्छन् ।

    –ट्याङ्कीमा तातिएको पानीले अनुहार धुँदा छालामा पिग्मेन्टेशनको समस्या सामना गर्नुपर्ने हुन सक्छ । यो पानीले छाला पोल्न थाल्छ र अन्य कैयौँ समस्या पनि आउन सक्छ ।

    –यस्तो तातो पानीले गर्मीमा नुहाउँदा शरीरको तापक्रम पनि असन्तुलित हुन सक्छ । जसले गर्दा स्वास्थ्य खराब पनि हुन सक्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *