अत्याधिक पिरो खुर्सानीको सेवनबाट यति धेरै बेफाइदा

    काठमाडौँ– अधिकांश नेपालीको घरमा मसलाविना खाना पाक्दैन । मसलाबाट नै हाम्रो खानामा स्वाद आउनुका साथै स्वादिष्ट देखिन्छ । यी मसलामा रातो खुर्सानी पनि समावेश भएको हुन्छ । जसले खानालाई चटपटे र पिरो बनाउँछ । यसलाई हरेक पिरोदार खानामा मिसाउने गरिन्छ । जसलाई खानुको साथसाथै रगतलाई पनि राम्रो बनाउँछ । कैयन् खानेकुरामा त यसलाई माथिबाट छर्किने पनि गरिन्छ ।

    पिजा पास्ता जस्ता खानेकुरामा चिल्ली फ्लेक्सको प्रयोग गर्ने गरिन्छ । जसले स्वादलाई बढाउँछ । उसो त यो स्वास्थ्यको लागि फाइदाजनक छ । तर यसलाई धेरै सेवन गर्नु स्वास्थ्यको हिसाबले बेफाइदाजनक छ । त्यसैले धेरै पिरो खाना खानको लागि मनाही गरिएको छ । रातो खुर्सानीको धेरै सेवन गर्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउने गर्छ । त्यसैले खानामा सीमित मात्रै रातो खुर्सानीको प्रयोग गर्दा राम्रो हुन्छ ।

    आउनुहोस् रातो खुर्सानीको अत्याधिक सेवनले कस्तो असर पार्न सक्छ ?

    मुखमा जलन
    रातो खुर्सानीको सेवनले मुखमा र घाँटीमा जलन हुन्छ । जसले असहज महसूस हुन्छ । अत्याधिक पिरोको कारण खानाको नलीको भित्र सम्मै पिरो हुन्छ । जुन धेरै नै पीडादायी हुन्छ ।

    पेटमा जलन
    रातो खुर्सानीको धेरै सेवनले पेटमा असर पार्न सक्छ । रातो खुर्सानीमा हुने क्याप्साइसिनले पेटमा जलन हुन्छ ।

    पाचनसम्बन्धी समस्या
    रातो धुलो खुर्सानीको अत्याधिक सेवनले पेटमा दुखाई, ऐँठन र बेचैनीको समस्या पैदा हुन्छ । यसले पाचन प्रणालीमा असर गर्छ । यसका साथै धेरै पटक मोसनमा पनि समस्या आउँछ ।

    एलर्जी
    रातो खुर्सानीबाट एलर्जी हुने व्यक्तिहरु सो सेवन गर्नबाट बच्नुपर्छ । किनकि यसको कारण छाला चिलाउने वा सास लिन समस्या हुने गर्दछ ।

    शरीरमा गर्मी बढ्ने
    रातो खुर्सानीको कारण शरीरमा गर्मी बढ्छ ।

    खोकी लाग्ने
    रातो खुर्सानीको कारण घाँटीमा समस्या हुन्छ । जसले गर्दा खोकी लाग्ने सम्भावना बढ्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *