जान्नुहोस यो हफ्ताको राशिफल।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
    यो साता चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पुँजी बजारमा लगानी गर्दा पछि फाइदा हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग हरियो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
    यो साता शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम सम्बन्धमा पनि सफलता पाइनेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अग्रज जनाको आशीर्वाद लिई कार्य गर्नाले सफलता मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):
    यो साता विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । महत्त्व पूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ । मध्य साताबाट आतिथ्यपूर्ण सम्मान पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पुँजी बजारबाट लाभनै मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक लाभ र सफलता हात पर्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
    यो साता स्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनोरञ्जनका कार्यमा रुचि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । रोजगारको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व क्ष्म्मीनारायणको दर्शन गरी कार्य गर्दा राम्रो हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
    यो सातामा धार्मिक यात्राको योग छ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि पाइने योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग कालो सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
    यो साताको सुरुका दिनमा धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । अध्ययनमा रुचि जाग्नुका साथै नयाँ कमको योग रहेको देखिन्छ । धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । नजिकका व्यक्तिसँग वादविवाद र झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
    यो साता आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । मालसामान हराउन सक्छ । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ । साताको अन्त्यमा विशेष यात्राका अवसरहरू मिल्नेछन् । टाढिएका मित्रसँग नजिकिने समय पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): यो साता प्राविधिक कार्यबाट सफलता मिल्नेछ । नयाँ वस्त्र या उपहार पाइनेछ । प्रेम र मित्रताको सुखमा रमाउने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । वैदेशिक कार्य अघि बढ्नेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । रमणीय र सुखद् यात्राको योग पनि छ । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पर्पल वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

    यो हप्तामा लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन् । कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह व्याप्त हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । भौतिक वास्तु खरीद बिक्रीको योग पनि छ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च बढ्न सक्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):

    यो हप्तामा आज मङ्गल कार्यको योग छ । रमणीय र सुखद् यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । नसोचेको ठाउँबाट धन हात पर्नेछ । कला, साहित्य तथा लगानीको सम्भावना छ र फाइदा नै हुनेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ, तर निर्णायक क्षमतामा कमी आउनेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सुन्तलारङ हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

    यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । गरेको काममा ढिलासुस्ती हुनेछ । पुँजी बजारमा नोक्सानी हुनसक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ । चलाखीपूर्ण बोलीले काम सफल हुनसक्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

    यो साता शुभकार्यको चर्चा चल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । शेयर कारोबारमा लगानी गर्दा पछि फाइदा मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग रातो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *