बिना सिरानी सुत्दा हुने रोचक फाइदा ! जानी राखौ

    दिनभरिको थकानपछि हामी रातको समयमा सुत्ने गर्छौ । र सुत्ने समयमा हामी अधिकांश सिरानी राखेर सुत्ने गर्छौ र अझ धेरैजसो को त अग्लो सिरानी बनाएर सुत्ने बानी हुन्छ ।

    दिनभरको थकाइपछि नरम ओछ्यान र नरम सिरानी पाउँदा जो कसैले पनि दिनभरको भाग दौडलाई सजिलै बिर्सिन्छौँ र आरामको निन्द्रा आउने गर्छ । तर मुख्य कुरा के छ भने सुत्दा तकिया प्रयोग गर्नु पनि हानिकारक हुने चिकित्सकहरू बताउँछन् ।

    यदि तपाईँ उत्तानो परेर सुत्नु हुन्छ वा कोल्टे सुत्नुहुन्छ भने तपाईँको लागि तकिया लिनु लाभदायक हुन्छ । यदि तपाईँ घोप्टो परेर सुत्नुहुन्छ भने, तपाईँले तकिया प्रयोग गर्नु हुँदैन ।

    यदि तपाईँ सिरानी बिना सुत्न सक्नुहुन्न भने, धेरै अग्लो वा कडा प्रयोग नगर्नुहोस्। यसो गर्नाले झन् काँध र घाँटीको मांसपेशीमा दबाब पर्छ, जसले घाँटीमा दुखाइ र कठोरता निम्त्याउन सक्छ  । टाउकोको पछाडि पनि दुखाइ पनि हुन सक्छ। सिरानीको गलत प्रयोगले मेरुदण्डमा असर गर्छ ।

    सिरानी बिना सुत्नुका फाइदाहरू

    – सिरानी बिना सुत्दा घाँटी र ढाड दुख्ने समस्याबाट राहत मिल्छ ।

    – धेरैलाई बाक्लो सिरानी राखेर सुत्ने बानी हुन्छ । यसले धेरै कष्ट दिन सक्छ । यसो गर्दा तपाईँको घाँटी बाङ्गो हुन्छ । लामो समयसम्म अग्लो तकिया प्रयोग गर्दा बिस्तारै तपाईँको शरीरको पोस्चर बिग्रन्छ ।

    – राति बारम्बार निन्द्रा गडबड भइरहेको छ भने सिरानी बिना सुत्ने बानी बसाल्ने प्रयास गर्नुहोस् । यसले तपाईँलाई राम्रो निद्रामा मद्दत गर्नेछ ।

    –सिरानी राखेर सुत्नाले अनुहारमा चाउरी पर्ने, कपाल झर्ने र अनुहार डलनेस हुने जस्ता समस्या निम्त्याउँछ । सिरानीको कारण अनुहारमा एलर्जी हुन सक्छ । यस्तो अवस्थामा सिरानी प्रयोग नगर्ने हो भने यसले धेरै फाइदा गर्छ ।

    –बिना सिरानी सुत्दा टाउकाको भागमा रगतको प्रवाह राम्रो हुन्छ । यसको फाइदा तपाईँको मानसिक स्वास्थ्यमा हुन्छ । जो व्यक्ति बिना सिरानी सुत्छन्, उनीहरूको स्मरण शक्ति राम्रो र मानसिक सन्तुलन सही रहन्छ ।

    –बिना सिरानी सुत्दा तनाव कम हुन्छ र निद्रा पनि गहिरो आउँछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *