काठमाडौँ – वियर कसैले स्वाद लिएर पिउँछन्, कसैले लहैलहैमा । केहीलाई वियरको स्वाद नै पत्तो हुँदैन । केही मानिसहरु वियर खाँदा असर गर्छ भन्ने सोचाइ राखेर र वियरलाई मादकपदार्थ मानेर कहिल्यै पिउँदैनन् पनि ।

    केहीले मन नलागेरै नलिएको पनि भन्ने गर्दछन् । तर यसले फाईदा समेत गर्छ भन्दा अचम्म लाग्न सक्छ । आज हामी वियर पिउँदा हुने फाइँदाबारे जानकारी दिँदै छौ ।

    – प्रत्येक दिन एक वा दुई गिलास बियर पिउनाले पत्थरी हुने सम्भावना ४० प्रतिशतले घट्ने गर्दछ । पत्थरीमा हुने मुख्य तत्त्वलाई वियरले घोलेर पिसाबसँग बाहिर फालिदिने हुनाले पत्थरीको सम्भावना कम हुन्छ ।

    – ह्दयघातबाट बच्न सकिन्छ । आर्टरीमा भएको बोसो तथा कोलेस्ट्रोल हल्का मात्रामा वियर खाने हो भने कम हुन्छ ।

    – स्ट्रोकको खतरालाई पनि बियर खाने हो भने कम गर्न सकिन्छ । विशेषगरी रगत जमेर दिमागमा अक्सिजन तथा रगत सञ्चार नहुने खतराबाट ठिक्क मात्रामा बियर लिने हो भने कम हुन्छ ।

    – हाम्रो शरीरमा भएका हाडलाई बलियो र मजबुत पार्ने काममा बियरले सहयोग गर्दछ । हाडलाई मजबुत गर्ने तत्त्व भनेको सिलिकन हो जुन बियरमा अत्यधिक मात्रामा पाइन्छ ।

    – मधुमेहका बिरामीलाई बियर निकै हितकर मानिन्छ । दिनमा एक गिलास बियर खानाले टाइप २ नामको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ

    – सही मात्रामा बियर खानाले हाम्रो दिमागमा रक्तसञ्चार भइरहने हुन्छ जसले गर्दा दिमागमा भएका रासायनिक तत्त्वमा सकारात्मक प्रभाव पर्दछ । विशेषगरी सिलिकनले अल्जेमेयरको मुख्य कारक तत्त्व आल्मुनियमबाट दिमागलाई बचाउँछ ।

    – दिमागमा डोपामाइन कम भएपछि मानिसलाई तनाव हुने र निन्द्रा नलाग्ने गर्दछ । केवल एक चम्चा बियर खाने हो भने डोपामाइनको मात्रा बढ्दछ जसले गर्दा मानिसले हल्का तथा आनन्द महसुस गर्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *