जान्नुहोस ! गर्मी मौसमको लागी सबैभन्दा उपयोगी तरकारी

    गर्मी मौसममा जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यही कारण खानपानमा अलिकता लापरबाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । त्यसो भए गर्मीमा कुन कुन तरकारी खाने त ?

    – हरियो सिमी गर्मीमा खानै पर्ने तरकारी हो । यसबाट  शरीरलाई आवश्यक पोषक तत्त्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्त्व पनि सिमीमा पाइन्छ । पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरूको क्षति ठिक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्दत गर्छ ।

    – लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्दत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।

    – दैनिक एउटा गोलभेँडा खाने हो भने धेरै खालका रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेँडा खानाले शरीरको रोग प्रतिरोधी क्षमता मजबुत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ ।

    – करेलाले फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्दत गर्छ । यसका साथै प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । करेलाले पाचन शक्ति मजबुत पार्ने भएकाले भोक पनि जगाउँछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।

    – गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपुर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । यो मौसममा काँचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रूपमा मात्र नभई काँचै सलादका रूपमा खान सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *