बिहा पछि त्याग्नै पर्ने यी बानी।

    काठमाडौँ-  विवाहपछि पती पत्नीले आपसी जिम्मेवारी र दायित्व बाँड्नु पर्दछ । यसका लागि दुवैले निजी स्वार्थ त्याग गरी सामूहिक खुसी खोज्नुपर्छ ।

    कतिपय अवस्थामा विवाहपछि दम्पतीबीच कुरा नमिल्न सक्छ । एक अर्काको चाहाना र इच्छाहरू बाझिन्छन् । यो स्वाभाविक भए पनि दुवैले समझदारी अपनाउन भने आवश्यक हुन्छ । त्यसैले यस्ता विषयमा दुवैले कतिपय आनीबानी त्याग्नुपर्दछ ।

    आज हामी विवाहपछि दाम्पत्य जीवनमा त्याग्नुपर्ने ७ आनीबानीबारे  चर्चा गर्नेछौँ-

    १. विवाहपछि मानिस घुम्ने, खाने, कपडा किन्ने लगायतका शीर्षकमा अनावश्यक खर्च गर्दछन् । तर, आकाक्षांलाई सामान्य रूपमा पूरा गर्दै खर्च गर्नु बुद्धिमत्ता हुन्छ ।

    २. विवाहमा सबैको खर्च हुन्छ । कसैको धेर वा थोर भन्ने मात्र हो । तर, विवाहमा भएको खर्चलाई सधैँ बहस गर्नु राम्रो हुँदैन । यसले सम्बन्धलाई राम्रो गर्दैन ।

    ३. पतिपत्नीले एक अर्कालाई आवश्यकता भएको विषय र आर्थिक व्ययभार बुझ्नु पर्दछ । यसका लागि दुवैको सहयोगी सहकार्य आवश्यक हुन्छ ।

    ४. कहिलेकाहीँ दम्पतीबीच एक अर्काका नातेदारमाथि ठट्टा वा रमाइलो गर्दा त्यो व्यङ्ग्य अशोभनीय हुन्छ । त्यसैले एक अर्काको आफन्त, इष्टमित्रको कुरा काट्न बन्द गर्नु पर्दछ ।

    ५. विवाहपछि आफ्नो पार्टनरलाई पुरानो प्रेम सम्बन्धको बारेमा चर्चा गरेर चिढ्याउनु हुँदैन । यस्तोमा आफ्नो पूर्व प्रेमी/प्रेमिकासँग तुलना गर्नु निकै घृणित हुन्छ ।

    ६. विवाहपछि श्रीमान् श्रीमतीले एक अर्काको काममा सघाउनु पर्दछ । यो काम तेरो वा मेरो भनेर पन्छाउने बानी निकै खराब हुन्छ ।

    ७. कहिलेकाहीँ विवाहपछि आफ्नो पार्टनरसँग निकै धेरै अपेक्षा गरिएको हुन्छ । तर, तपाईँको अपेक्षा पूरा हुनै पर्छ भन्ने मनसाय राख्नु भने हुँदैन । अवस्था अनुसार पार्टनरलाई बुझ्न नसक्दा धेरै महत्त्वाकाङ्क्षा अपेक्षाले सम्बन्ध बिगार्न  सक्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *