बाढीपहिरो प्रभावित क्षेत्रमा तीव्र रुपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तीव्र रुपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक

    काठमाडौँ, २ कात्तिक । गृहमन्त्री रमेश लेखकले गत असोज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढीपहिरो प्रभावितको उद्धार सकिएर राहतको काम भइरहेको बताउनुभएको छ ।

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको १४औँ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा गृहमन्त्री लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रमा तीव्रताका राहत वितरणको काम भइरहेको बताउनुभयो ।

    बाढीपहिरो प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै उक्त पालिकामा तत्काल राहतको प्याकेज घोषणा गरिएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्यकारी समितिको बैठकबाट अति क्षति भएको पालिकालाई एक करोडमध्ये क्षति भएका पालिकालाई ७५ लाख र कम क्षति भएको पालिकालाई ५० लाख दिने निर्णय भएको छ ।

    असोज दोस्रो साताअघि भएको विपद्ले निम्त्याएको घटनामा पुनर्स्थापना र पुनर्निर्माणको काम भइरहेको उहाँको भनाइ छ । ‘एक वर्षयताका विपद्का घटनाको सम्बोधन हुने गरी निर्णय गर्न आवश्यक छ । पुनर्स्थापना र पुनर्निर्माणमा जाजरकोट भूकम्पदेखिकै विषयलाई समेट्नुपर्छ,’ गृहमन्त्री लेखकले भन्नुभयो ।

    विपद्मा सीमित स्रोत साधनका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राम्रो काम गरेको भन्दै गृहमन्त्री लेखकले थप स्रोत साधनको आवश्यकता औँल्याउनुभयो ।

    साथै उहाँले विपद् प्राधिकरणलाई सातै प्रदेशमा स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा असोज दोस्रोसाता आएको विपत्तिमा नेतृत्वदायी भूमिका खेलेको भन्दै भौतिक पूर्वाधारमन्त्री, स्वास्थ्यमन्त्री, खानेपानीमन्त्रीलगायतले गृहमन्त्री लेखकको प्रसंशा गरेका थिए ।

    गृहमन्त्री लेखकको समन्वयकारी भूमिकाले अवरुद्ध सडक र खानेपानी सञ्चालनमा ल्याउनका तथा घाइतेको निःशुल्क उपचार गराउन सहज भएको मन्त्रीहरुको भनाइ थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *