सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो अन्तिम खेल अगावै टी-२० सिरिज

    काठमाडौँ, ४ कात्तिक । अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको तीन खेलको अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले एक खेल अगावै श्रृंखला जितेको छ ।

    निर्धारित २० ओभरको रोमाञ्चक खेलमा समान १७० रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाई आउट गर्दा केवल ३ रनको लक्ष्य पाएको थियो ।

    उक्त लक्ष्य नेपालले सहज रुपमा ४ बलमै पूरा गर्दै सिरिजमा २–० को अग्रता बनाएर अन्तिम खेलअघि जित्न सफल भयो । अब नेपालले अन्तिम खेलमा भोलि प्रतिस्पर्धा गर्ने छ ।

    यसअघि नेपालले १७ अक्टोबरमा भएको पहिलो टी–२० खेलमा १७ रनको जित निकालेको थियो ।

    दोस्रो टी–२० मा पहिले ब्याटिङ गरेको नेपालले अमेरिकालाई जितका लागि १७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा अमेरिकाले पनि १७० रननै बनाएपछि खेल सुपर ओभरम पुगेको थियो ।

    डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

    नेपालका लागि अनिल साहले २५ रन बनाउँदा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका कुशल भुर्तेल ४ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९२ रनमा अविजित रहे । त्यस्तै, गुल्सन झाले १९ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । अमेरिकाका लागि नोस्थुस केन्जीङ्ग र जस्दिप सिंहले समान २–२ विकेट लिए ।

    १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रननै बनायो । अमेरिकाका लागि आन्द्रेस गौसले ६२ रन बनाउँदा सैतेजा मुकमलाले ४७ रन बनाए । थप दोहोरो स्कोरका रुपमा मिलिन्डा कुमारले १५ तथा सायन जहांगिरले १४ रन बनाएका थिए ।

    नेपालका लागि करण केसीले ३ विकेट लिँदा सोमपाल कामीले २ र सागर ढकाल तथा दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *