मन्त्री सिंहका एकसय दिन : धरहरा सञ्चालन, २५ पालिकाका भवन निर्माण

    काठमाडौँ, ४ कात्तिक । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनका उपलब्धीहरु सार्वजनिक गर्नुभएको छ ।

    आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेर सय दिनका उपलब्धिहरुलाई बुँदागत रुपमा सार्वजनिक गर्नुभएको हो ।

    सिंहले धरहरा निःशुल्क रूपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरूको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि पनि जनाउनुभयो । उहाँले धरहरा परिसरमा वेसमेन्ट पार्किङ र बगैचा निर्माण गरी संविधान दिवसका दिनदेखि सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिनुभयो ।

    प्राकृतिक विपत्तिमा परेका नागरिकहरुका लागि आश्रयस्थल उपलब्ध गराएको, विभिन्न जिल्लामा स्वास्थ्य भवन निर्माण गरेको, जाजरकोट र रुकुमपूर्वमा भूकम्पबाट क्षतिग्रस्त भवन तथा स्वस्थ्य भवनहरुको पुनःनिर्माण गरेको, भैँसेपाटीमा मन्त्री आवाज निर्माण सम्पन्न गरी बसोबास सुरु गरिएको, झापाको दमकमा दमक व्यापारिक कम्प्लेक्स र चितवनमा सौराह सभाहल निर्माण सम्पन्न गरेको जानकारी गराइयो ।

    त्यस्तै, थापाथलीस्थिति नेपाल राष्ट्र बैंकको बैंङ्गिक कार्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको साथै २५ वटा पालिकहरुको प्रशासकीय भवन निर्माण सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *