ललितपुर महानगरले सरसफाइ अभियान सञ्चालन गर्ने

    काठमाडौँ, ५ कात्तिक । ललितपुर महानगरपालिकाले आउँदो शनिबार अविरल वर्षाका कारणले भएको फोहोर र क्षतिको सरसफाइ गर्ने भएको छ ।

    सोमबार ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर महानगररपालिकाका प्रमुख चिरिबाबु महर्जनले अविरल वर्षाका कारणले सहरको सौन्दर्य र वातावरणमा असर परेको हुँदा सरोकारवाला निकाय र संघ संस्थाहरु समेतको सहकार्यमा सरसफाइ गर्न लागेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘असोज ११ र १२ को बाढीले जति पनि सामान बगाएर ल्यायो छ त्यो छरिएर बसेको छ । जसले गर्दा लाज लाग्ने भएको छ । यति समय भइसक्दा पनि त्यो ठाँउमा कसैले सफाइ अभियान चलाएको छैन । सबैलाई सफाइ अभियानमा भाग लिएर ललितपुर महानगरपालिकालाई हिजोकै अवस्थामा लान अनुरोध गर्दछु ।’

    यसको साथै, उहाँले विपद्‌बाट सिकेर अब पर्नसक्ने जोखिमको तयार हुनुपर्ने भन्दै सबैजना एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *