वेस्ट इन्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

वेस्ट इन्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा, ७ कात्तिक । पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडी भित्र्याएको हो ।

यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय त्रिनिडाडियन क्रिकेटर एन्डरसन फिलिपले वेस्ट इन्डिज टिमबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
उनी फास्ट बलर हुन् । १४० किलोमिटर प्रतिघन्टा तीव्र गतिको औसतमा बलिङ गर्ने फिलिपले पोखराबाट खेल्न उत्साहित रहेको बताएका छन् ।

एन्डरसन फिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गर्नुभएको छ ।

टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मक बनाउने योजना रहेको बताउनुभयो ।

एनपिएलकै सबै भन्दा महँगो टिम पोखराले कुशल, एन्डरसन फिलिप, डि लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ ।

एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *