देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन

काठमाडौँ, १४ कात्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताउनुभएको छ ।

बुधबार धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख शाहले सरकारले सञ्चालन गर्ने सरकारी फ्याक्ट्रीहरु र उद्योगहरु कसरी डुब्छन् भन्ने कुराको उदाहरण सिंहदरबारको वैद्यखाना भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो देश किन डुबेको भन्ने अहिलेका साना विद्यार्थीहरु, बाबुनानीहरु तथा अध्यन गर्ने अभियन्ताहरुले सबैले यो देश किन डुबेको हेर्न मन छ भने सिंहदरबारको वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ यो देश किन डुबेको भन्ने कुरा । यो देशमा के समस्या छ ? यो देशको विभिन्न उत्पादन गर्ने सरकारी फ्याक्ट्रीहरु, सरकारले चलाएका विभिन्न उद्योगहरु कसरी डुब्छन् भन्ने कुरा वैद्यखाना आएर हेर्दा राम्रोसँग थाहा हुन्छ ।’

सिंहदरबारमा रहेको वैद्यखानामा औषधि नभइ भवनहरुमा रहेको उहाँको भनाइ छ ।

त्यस्तै, उहाँले वैद्यखानाको एमडी सरकार परिवर्तन भए मात्र नभइ ५० हजारमा पनि परिवर्तन हुने गरेको बताउनुभयो । त्यस्तै मेयर शाहले सिंहदरबारको वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसक्ने नेतृत्वले यो देशलाई कसरी जोगाउन सक्छ भन्दै प्रश्न गर्नुभयो । देशलाई कसरी जोगाउन सकिने भन्दै प्रश्न गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *