राप्रपाले हेटौँडा–१२ को वडाअध्यक्षमा प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने

राप्रपाले हेटौँडा–१२ को वडाअध्यक्षमा प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने

मकवानपुर, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षका लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि १६ मंसिरमा उपचुनाव हुने छ । आइतबार नगर र जिल्ला कार्यसमितिको बैठकले प्रेम लामा भ्लोनलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ स्थानीय निवासी रहेका भ्लोन विभिन्न समाजसेवी कार्यहरूमा पनि सहभागिता जनाउँदै आइरहेको राप्रपा नगर अध्यक्ष अरुण लामाले जानकारी दिनुभयो ।

उक्त रिक्त रहेको पदमा राप्रपाले बहुमत ल्याएर वडा अध्यक्षको कब्जा गर्ने नगर अध्यक्ष अरुण लामाको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *