सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

काठमाडौँ, २७ कात्तिक । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौँमा एक समारोहकाबीच मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, टिम मालिक स्वतन्त्र प्रताप शाह र ब्राण्ड एम्बेसडर दीपक बिष्टले गर्नुभएको हो ।

एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँगको स्वामित्वमा रहेको सुदूरपश्चिमले सार्वजनिक गरेको जर्सी प्रदेशको प्रतिनिधित्व र स्थानीय संस्कृति झल्कने अनुरूप छ । जर्सिको कलर पहेँलो रहेको छ ।

जर्सी रिभिल कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगले नेपाली क्रिकेट जगतले फड्को मार्ने बताउनुभयो ।

सुदूरपश्चिमको जर्सी लगाएर समर्थन गर्न आउँदा काठमाडौँ नै सुदूरपश्चिममय हुने उहाँको भनाइ छ ।

क्रिकेटलाई नेपाली समर्थक अथाह माया गर्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नेपाली क्रिकेटले विगतको २०,२५ वर्षदेखि जुन उपलब्धि हासिल गर्दै आइरहेको छ । यसले विश्व जगतमा नेपाली क्रिकेटको चर्चा भइरहेको छ । अब अन्तर्राष्ट्रियस्तरबाट ठुलो ठुलो लगानीकर्ताहरु भित्र्याएर राष्ट्रियस्तरमा खेलाडीहरुका लागि प्लेटफर्म तयारको योजनामा क्यान छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *