मन्त्री पौडेलद्वारा बाल क्यान्सर निःशुल्क सेवाको सुभारम्भ

काठमाडौँ, ५ मंसिर । भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर निःशुल्क सेवाको समुद्घाटन गरिएको छ ।

बुधबार विश्व बाल दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलबाट बाल क्यान्सर निःशुल्क सेवाको सुभारम्भ गरिएको हो ।

उद्घाटनपछि मन्त्री पौडेलले १४ वर्षमुनिका क्यान्सर बिरामीहरुको उपचारमात्र निःशुल्क नभई औषधिसमेत निःशुल्क दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

अहिलेसम्म औषधिसमेत निःशुल्क हुने कुनै पनि निःशुल्क सेवा राज्यले घोषणा नगरेको भन्दै आफूहरुले तयारीका साथ उक्त सेवा घोषणा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै बालबालिकालाई सेवाको सन्दर्भमा अस्पतालभन्दा बाहिरको त कुरा भएन तर अस्पतालले उपलब्ध गराउन सक्ने सबै सेवामा निःशुल्क र औषधिमा पनि निःशुल्क गर्ने यो पहिलो चोटी भएको हो । औषधिसमेत निःशुल्क हुने कुनै पनि निःशुल्क सेवा राज्यले योभन्दा अगाडि घोषणा गरेको छैन । हामीले तयारीका साथ यो घोषणा गरेका छौँ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालले १४ वर्षमुनिका क्यान्सर बिरामीहरुलाई मंसिर २ गतेदेखि निःशुल्क उपचार सेवा सुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *